भोजपुरको अरुण डाँडामा यलम्बरको मूर्ति

भोजपुरको पौवादुङमा गाउँपालिकाको पर्यटकिय क्षेत्र अरुण डाँडामा राखिएको यलम्बरको मूर्ति। यो ठाउँको पर्यटन प्रवर्द्धनका लागि यहि मङ्सिर २२देखी २६ गतेसम्ममा अरुण डाँडा महोत्सव आयोजना हुँदैछ । तस्बिरर ः युवराज विष्ट, रासस

विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित
तुलसीपुर, २० मङ्सिर (रासस)ःदाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ ।

“अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर अहिलेसम्म पनि सीमित शिक्षक हुनुहुन्छ, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ”, विद्यार्थी अभय प्रताप चौबले भन्नुभयो, “म कैलालीबाट बिएएमएस पढ्न पनि आएको हुँ, तर यहाँको पढाइ निकै कमजोर रहेछ ।” एउटा प्राध्यापकले १२ पिरियड पढाउनुपर्नेमा २५–३० पिरियड पढाइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै झापाबाट बिएएमएस पढ्न आउनुभएका प्रदीप दाहालले पनि क्याम्पसमा पढ्ने वातावरण सहज नभएको बताउनुभयो । “प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउनुहुन्छ, त्यो पनि पढाइले गुण्स्तर सिकाइ भएकोे छैन”, उहाँले भन्नुभयो, “एक हप्तादेखि हामी कलेज नै गएका छैनौँ”, उहाँ नवौँ ब्याचको विद्यार्थी हुनुहुन्छ ।

त्यस्तै कैलालीकी रिया भण्डारी गएको भदौमा ११औँं ब्याचको रूपमा आउनुभयो । तर उहाँले नियमित कक्षा लिएदेखि अहिलेसम्म धेरै विषय पढाइ नै भएका छैनन् । “म पहिलो दिन भर्ना हुँदा नै आन्दोलनको ‘फेस’ गर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “चिफ सरको एउटा कलास छ, त्यो कलास एक दिन भयो, त्यसपछि उहाँ कलासमा नै आउनुभएको छैन ।”

पदार्थ विज्ञान एक दिनमात्रै पढाइ भएको उहाँले बताउनुभयो । त्यस्तै तीनवटा विषयको अहिलेसम्म पढाइ नै सुरु भएको छैन । अहिले संस्कृतका केही कक्षामात्रै चलिरहेको भन्दै यस्तो पाराले सिकाइ प्रभावकारी नहुने उहाँको भनाइ छ । “हामीलाई अहिले संस्कृतमात्रै घोकाइरहनुभएको छ, यस्तो पाराले हामी कसरी डाक्टर बन्ने हो”, उहाँले भन्नुभयो, “घोकेर पछि बिरामीलाई हामीले कसरी उपचार गर्ने, निकै गाह्रो भएको छ ।” पहिला पास भएर गएका डाक्टरले पनि एउटा सिरिञ्जसमेत लगाउन नजान्ने गरेको उहाँको भनाइ थियो ।

ओपिडीको पनि समस्या

त्यस्तै विद्यार्थीले प्रयोगात्मकका लागि ओपिडीको पनि माग गरेका छन् । अहिलेसम्म ओपिडी नहुँदा विद्यार्थी कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने अवस्था रहेको छ । डाक्टर पढाउने क्याम्पसको एउटा ओपिडी नहुनु दुःखद् कुरा भएको भन्दै यो समस्या पनि तत्काल समाधान गर्न विद्यार्थीको माग छ । प्रयोगात्मक नहुँदा पास भएर गए पनि बिरामीलाई सहज उपचार दिन नसकिने भन्दै क्याम्पसमै प्रयोगात्मकको सहज व्यवस्थापन हुन आवश्यक रहेको विद्यार्थी चौबले बताउनुभयो ।

विद्यार्थीले यो कार्यको विरोध जनाएका छन् । विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय केन्द्रीय आयुर्वेद विद्यापिठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा पनि तालाबन्दी गरेका छन् । विद्यार्थीका यी मागप्रति आफू सकारात्मक रहेको विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेले बताउनुभयो ।

विसं २०७८ चैत १६ गते शिक्षकका लागि विज्ञापन खोलेको भए पनि तत्काल निर्वाचन आचरसंहिता लागेका कारण त्यो प्रक्रिया अघि नबढाउन सरकारले निर्देशन दिएपछि कार्य अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । अहिले विषयसँग सम्बन्धित शिक्षक नपाइने समस्या पनि रहेको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।