उदयपुरमा १२० किलो गाँ’जा बरामद

उदयपुर, २५ मंसिर  । उदयपुरमा १२० किलो गाँ’जा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अ’वैध लागु औ’षध बरामद भएको प्रहरीले जनाएको छ । 

प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँ’जा फ्याँकेर फरार भएपश्चात् जाँच गर्ने क्रममा उक्त गाँ’जा बरामद भएको हो । हाल फरार अपरिचित व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ । 

मल्लाजमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु
म्याग्दी, २५ मङ्सिर (रासस) : म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन् । जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारमार्फत् रु ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन् ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रुपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताउनुभयो ।

“वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो,” उहाँले भन्नुभयो “भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडक सङ्घीय सरकारको सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत् स्तरोन्नति सुरु भएको छ ।”

वारीबेनी-मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले रु एक करोड र जलजला गाउँपालिकाले रु एक करोड बजेट विनियोजन गरेका थिए ।

कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ । सङ्घीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रममार्फत् मल्लाज-लेकफाँट सडक स्तरोन्नतिका लागि रु ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको जलजला–३ का वडाध्यक्ष एकेन्द्र खत्रीले बताउनुभयो ।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्र र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको वडाध्यक्ष खत्रीले बताउनुभयो । कूल ३३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको यो सडकमा अहिले पाँच वटा डोजर र करिब एक सय जना मजदूरले काम गरिरहेका छन् ।

यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत् दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम थालेको छ ।

यो सडकमा पाँच मिटर चौडाइका दरले कालोपत्र गरिनेछ । मल्लाजमै रु १२ करोडको लागतमा पाँच शय्या क्षमताको अस्पताल भवन पनि निर्माणको काम धमाधम भइरहेको छ । सडक स्तरोन्नति तथा अस्पताल सञ्चालन भएपछि आवतजावत सहज र सुरिक्षत हुने, बसाइँसराइ रोकिने, आयआर्जन र रोजगारीको अवसर बढ्ने अपेक्षा गरिएको स्थानीयवासी नरेन्द्र थापाको भनाइ छ ।

मल्लाजमा एक घर एक धारासहितको खानेपानी र वृहत् सिँचाइ आयोजना यसअघिनै निर्माण भएको छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।