तेह्रथुममा ट्रकको ठ’क्करबाट सहचालकको मृ’त्यु

तेह्रथुम, पुस ६ । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-७ स्थितमा ट्रकको ठ’क्करबाट सहचालकको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा ताप्ली गाउँपालिका-४ उदयपुरका २५ बर्षीय दिपक राउत रहेका छन् । हिजो बिहान प्रदेश नम्बर १-००२-००२ ख ८४५१ नम्बरको ट्रकबाट किराना पसलको सामान झार्ने क्रममा सह-चालक राउतलाई ट्रकको पछाडिको भागले ठ’क्कर दिएको थियो ।

ट्रकको ठ’क्करबाट घाईते भएका राउतको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृ’त्यु भएको हो । घटनामा संलग्न ट्रक र चालक खगेन्द्र कोइरालालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

चरा संरक्षणका लागि सौराहामा राष्ट्रिय कार्यशाला
भरतपुर, ६ पुस (रासस) :चितवनको सौराहामा चराविद् र संरक्षणकर्मीहरुको राष्ट्रिय कार्यशाला सुरु भएको छ । चरा संरक्षणका लागि भएका प्रयास र भावी कार्ययोजनाका विषयमा छलफल गर्न छैटौँ राष्ट्रिय कार्यशाला मङ्गलबारदेखि सौराहामा सुरु भएको हो । कार्यशालामा देशभरका ६० चराविद् र संरक्षणकर्मीको सहभागिता छ ।

तीन दिन सञ्चालन हुने कार्यशालामा नेपालमा चराको अवस्था तथा सम्भावनाको अध्ययन गरिने बर्ड एजुकेसन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यशालाबाट आगामी योजना र कार्यदिशासमेत तय गरिनेछ ।

बर्ड एजुकेसन सोसाइटी चितवनको व्यवस्थापनमा नेपाल पन्छी संरक्षण सङ्घले आयोजना गरेको कार्यशालामा सङ्कटमा परेका प्रजातिको संरक्षणका लागि गर्नुपर्ने प्रयास र नीतिगत व्यवस्थाका विषयमा समेत छलफल हुनेछ ।

नेपालमा एक सय ६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले जानकारी दिनुभयो । कार्यशाला चरा लोप हुनाका कारण, संरक्षणका लागि भएका प्रयास लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिने उहाँले बताउनुभयो ।

बर्ड एजुकेसन सोसाइटी र चरा संरक्षणकर्मीले अनुभव आदानप्रदान तथा अवार्ड प्राप्त सोसाइटी र स्थानीय संरक्षण सहयोगी संस्थाले कार्यशालामा कार्यगत विवरण प्रस्तुत गर्नेछन् । कार्यक्रमका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले चराको बासस्थानमा मानवीय अतिक्रणका कारण चरा जोगाउन मुस्किल भएको बताउनुभयो । उहाँले सबै सरोकारवाला निकायले एक भएर चराको संरक्षणका लागि काम गर्नुपर्ने बताउनुभयो । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा आठ सय ९२ प्रजातिका चरा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।