झापामा १० वर्षमा हात्तीको आ’क्रमणबाट ५६ जनाको मृ’त्यु

झापा, ६ पुस (रासस) : झापामा १० वर्षको अवधिमा हात्तीको आ’क्रमणमा परी ५६ जनाको मृ’त्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत म’रेका छन् ।

जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आ’क्रमणबाट उनीहरुको म’त्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आ’क्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँ अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आ’क्रमणमा परी मृ’त्यु भएको छ ।

उहाँ छिमेकी गाउँपालिका कचनकवल–१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न जानुभएको थियो । घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मङ्गलबार अपरान्ह ३ बजे हात्तीले कुल्चेर मा’रेको डिभिजन वन कार्यालयका प्रमुख पाठकले भनाइ छ । सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत भदौ १५ गते हात्तीले नै कुल्चेर मृ’त्यु भएको थियो ।

परिवार नियोजन गर्नेमा महिला बढी
–दुर्गा देवकोटा
टीकापुर, ६ पुस (रासस) : कैलालीमा परिवार नियोजन गर्ने महिलाको सङ्ख्या बढी रहेको छ । स्वास्थ्य कार्यालय कैलालीले गरेको परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरको तथ्याङ्क हेर्दा परिवार नियोजन गर्ने पुरुष भन्दा महिलाको सङ्ख्या बढी देखिएको हो ।
कैलालीका नौ स्थानमा सम्पन्न भएको स्थायी बन्ध्याकरण शिविरमा एक सय ६२ जनाले बन्ध्याकरण सेवा लिएका छन् । तीमध्ये एक सय ४९ महिलाले मिनील्याप गरेका छन् भने १३ जनामात्र पुरुषले भ्यासेक्टोमी गरेका छन् ।

गत वर्ष आयोजना भएको शिविरमा दुई सय ३८ जनाले स्थायी बन्ध्याकरण सेवा लिएका थिए । जसमा १९ जनामात्र पुरुषले भ्यासेक्टोमी सेवा लिएका थिए । स्वास्थ्य कार्यालय कैलालीले सञ्चालन गरेको शिविरमा सेवा लिन पुरुष न्यून मात्रामा आएका स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईँले बताउनुभयो । “हामीले महिलाले भन्दा पुरुषले बन्ध्याकरण गर्न सहज हुन्छ भनेर जति सिकाए पनि बन्ध्याकरण शिविरमा पुरुष सहभागिता बढाउन सकिएको छैन”, उहाँ भन्नुभयो, “सेवा लिन आएकालाई पनि तपाईँभन्दा तपाईँको श्रीमान्लाई बन्ध्याकरण गर्न लगाउनुस् भन्छौँ तर महिलाहरू नै तयार हुनुहुन्न ।”

बन्ध्याकरण गरेमा शारीरिकरूपमा कमजोर भइन्छ, पुरुषले धन कमाउनुपर्छ वा कडा परिश्रम गर्नुपर्ने भएकाले पुरुषहरू बन्ध्याकरण गर्न तयार नभएको चापागाईँ बताउनुहुन्छ । “स्वास्थ्य कार्यालयले भ्यासेक्टोमी गर्दा शरीरलाई हानी गर्दैन, जुनसुकै काम गर्न सकिन्छ भनी सचेतना फैलाउने गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “तर समाज र परिवार जति सम्झाए पनि मान्न तयार छैनन् ।”

टीकापुर अस्पतालले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म एक हजार दुई सय ३६ महिलाले अस्थायी साधन प्रयोग गरेका छन् । गत वर्ष आठ सय १६ महिलाले अस्थायी साधन प्रयोग गरेका थिए । महिलाले जन्मान्तरका लागि अस्थायी साधन प्रयोग गरिरहेका बताएका छन् ।

टीकापुरकी रत्ना चौधरीका बर्सेनि तीन सन्तान जन्मिए । पहिलो बच्चा जन्मिएपछि रत्नाले अर्को बच्चा तुरुन्त जन्माउन चाहनुभएको थिएन तर उहाँको श्रीमान्को दवावथेग्न नसक्दा लगातार तीन सन्तान जन्माउनु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “तेस्रो बच्चा जन्माउँदा अस्पतालमै मिनील्याप गरेर आए । नत्र अहिले फेरि बच्चा जन्माउनुपर्ने थियो ।”

रत्नालाइ प्रजनन अधिकार महिलाको पनि हुन्छ भन्ने जानकारी भए पनि कार्यान्वयन हुन नसकेको बताउनुहुन्छ । “बच्चा जन्माउने, नजन्माउने महिलाको अधिकार हुने रहेछ । अचेल अस्पतालमा सेवा लिन गएपछि स्वास्थ्यकर्मीबाट थाहा पाएँ”, उहाँ भन्नुहुन्छ ।

कैलालीकै विना रिमालले पनि आफ्नो इच्छा विपरीत तीन सन्तान जन्माउनु परेको बताउनुहुन्छ । उहाँले पहिलो बच्चा १६ वर्षको, दोस्रो बच्चा नौ वर्ष भइसकेपछि पुनः अर्को बच्चा जन्माउनुभयो । “यसअघिका बच्चाबीच जन्मान्तर राख्न पनि मैले अस्थायी साधन प्रयोग गरेकी थिए । लामो समयसम्म अस्थायी साधन प्रयोगले स्वास्थ्यमा विभिन्न परिवर्तन आएपछि मैले छोडे”, उहाँ भन्नुहुन्छ, “श्रीमान्लाई पटक–पटक बन्ध्याकरण गर्नुस् भन्दा मान्नुभएन, बरु अर्को बच्चा जन्माउने योजना सुनाउन थाल्नुभयो ।”

जिल्लाको तथ्याङ्क हेर्दा स्थायी र अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने सङ्ख्यामा महिला नै बढी छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कमा चालु आर्थिक वर्ष २०७९÷८० मा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने सङ्ख्या ५३ हजार पाँच सय ९८ रहेको छ । गत वर्ष २०७८÷७९ मा ४३ हजार सात सय ९८ रहेको थियो ।

टीकापुर अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक कल्पना खड्का महिलाले अस्थायी साधन प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न खाले असर देखिने गरेको बताउनुहुन्छ । “पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ तर पुरुषहरू महिलालाई नै अगाडि सार्छन्”, खड्काले भन्नुभयो, “परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने विभिन्न स्वास्थ्य समस्या भएका महिला घर फर्कन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउंँदैनन् ।” —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।