गाउँभरी विद्यार्थी संख्या दुई, विद्यालयको नयाँ भवनमा सधैँ ताला

हेमन्त केसी/सुर्खेत, ६ पुस । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को खिरपानी सामुदायिक आधारभूत विद्यालयमा गाउँभरिका दुई जना विद्यार्थी छन्।  तीन कक्षासम्म अध्ययन हुने विद्यालयमा जम्मा १४ जना विद्यार्थी छन् । सिंगो तुम्कोटबाट दुई जनामात्र विद्यार्थी स्कुल जान्छन् ।

गाउँका अधिकांश विद्यार्थी जिल्लाबाहिर र बौद्ध विद्यालय टोपे (लामा)  अध्ययन गर्ने भएपछि यस्तो समस्या देखिएको हो। तुम्कोट गाउँका कक्षा ३ मा पेमा लुङडुप तामाङ र कक्षा १ मा नोरसाङ तामाङ मात्रै अध्ययन गर्छन् भने अन्य १२ विद्यार्थी जिल्लाबाहिरका छन् । यो विद्यालयमा तीन जना शिक्षक छन् । तीमध्ये एक शिक्षक प्राविको स्थायी दरबन्दीमा छन् भने अरु दुई जना प्राविको राहत कोटाबाट हुन् । अधिकांश बालबालिका बौद्ध विद्यालयमा टोपे (लामा) अध्ययन गर्न जाने भएकोले विद्यालयमा विद्यार्थी अभाव भएको शिक्षिका छिरिङ पामा लामाले बताइन् । 

सिमकोट गाउँपालिका– ४ को स्याम्ने गाउँको जनज्योति आवि निर्माण भएदेखि ताला लगाएको छ । विद्यालयमा नयाँ निर्माण भएको भवनका कक्षाकोठामा ताला लगाइएको छ भने विद्यार्थीलाई एउटै कोठामा बहुुकक्षा शिक्षण विधिबाट अध्ययन गराउने गरिएको छ । विद्यालयमा विद्यार्थी संख्या न्यून र शिक्षक दरबन्दी कम हुँदा शिक्षकले उक्त विधिबाट कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता आइलागेको प्रधानाध्यापक कालीबहादुुर शाहीले बताए ।

नयाँ भूकम्पप्रतिरोधी भवन बने पनि शिक्षक दरबन्दी कम र विद्यार्थी संख्या न्यून भएका कारण भवनका कोठामा ताला लगाएर बन्द गर्नुपरेको बताए । उनले नयाँ भवन चारकोठे रहेको तर भवन निर्माण भएदेखि हालसम्म विद्यार्थीले पठनपाठन गर्न नपाएको जानकारी दिए । भवन गतवर्ष निर्माण भएको हो ।

विद्यालयमा नयाँ भवनका साथै अर्को पनि भवन भएका कारण सो भवनको एउटै कोठामा सबै कक्षाका विद्यार्थीलाई राखेर बहुुकक्षा शिक्षण विधिबाट कक्षामा पठनपाठन हुने गरेको छ । १८ घरधुरी रहेको स्याम्ने गाउँमा विद्यालय आवश्यक भए पनि अधिकांश घरधुरीका अभिभावकले विद्यार्थीलाई सदरमुुकाम सिमकोटका विद्यालयमा पढाउन थालेपछि सो विद्यालयमा विद्यार्थी संख्या घटेको हो ।

सिमकोट गाउँपालिका शिक्षा शाखाका नायब सुब्बा कृष्णप्रसाद आचार्यले विद्यालयमा २७ जना विद्यार्थीको हारिजी भए पनि १० देखि १२ जना विद्यार्थी मात्र विद्यालयमा नियमित आउने गरेको अनुगमनका क्रममा पाइएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।