नदी तर्न हुम्लावासीलाई काठको लाप्कोकाे भर

हेमन्त केसी/सुर्खेत, ७ पुस । हुम्लाकाे दुर्गम गाउँमा राज्यले पुलमा लगानी नगर्दा काठको लाप्कोको सहायता खोला तथा नदी तर्नुपर्ने बाध्यता छ । स्थानीय स्रोत, साधन तथा जनशक्ति प्रयोग गरेर काठको सहायताले निर्माण गरिएका पुलहरूद्वारा यहाँका सर्वसाधारण दैनिक जाेखिमपूरुर्ण यात्रा गरिरहेका छन् । 

यहाँ एउटै पालिकामा ११ देखि २५ वटा सम्म यस्ता काठेपुल पाइन्छ ।  खार्पुनाथ गाउँपालिकामा काठका १७ वटा पुल छन् । सर्केगार्ड गाउँपालिकामा २३, चंखेली गाउँपालिकामा १९, अदानचुली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा काठेपुल रहेको पालिकाले जनाएका छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेषगरी खोला र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताए ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार लिमीमा अहिले पनि ११ वटा काठेपुल रहेका छन् । लिमीका ती पुल स्थानीयले जनश्रमदानबाट निर्माण गरेका हुन् । केही वडाको बजेटबाट समेत निर्माण भएका छन् । यी क्षेत्रमा काठेपुल नहुने हाे भने दैनिकी नै बन्द हुने अवस्था छ । गाडी गुडाउन पनि काठेपुल नै निर्माण गरिएका छन् । यातायातका साधन काठेपुलमा ओहोरदोहोर गर्दा जोखिम भने उच्च हुन्छ । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामाले आफ्नो गाउँपालिकाकामा २५ भन्दा बढी काठेपुल स्थानीयले बनाएको जानकारी दिए । 

झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट पक्की पुल निर्माण हुन नसकेपछि बाध्य भएर काठेपुल निर्माण गरिरहेको अध्यक्ष लामाले बताए । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकायले गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुलको प्रयोगमा रहेकाे बताइन् । काठेपुल तर्दा, खोला र नदीमा खसेर कयाैंले ज्यान गुमाएकाे उनले बताए । 

सडक सञ्जालसँग नजोडिएको हुम्लामा वैकल्पिक माध्यमको सहायताबाट यातायातका साधन देखि सर्वसाधारण, घोडा, खच्चड र चौरीहरू खोला तथा नदी वारपार हुने गरेको छ । सामाग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने हुम्लामा सडक, पुल तथा अन्य विकास निर्माणका काम गर्न समेत हिउँदयाममा समस्या हुँदै आएको छ । हिउँदयाममा चिसो, हिमपात र वर्षायाममा खोला तथा नदीमा रहेका पुल पानीको वहाबले बगाउने समस्याले गर्दा विकास निर्माणमा समस्या हुँदै आएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।