‘सुन्तला खेती’ मा रमाउँदै गाउँपालिका उपाध्यक्ष

तनहुँ, १४ पुस (रासस) ःजिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आउनुभएको छ ।

विसं २०५३ देखि सुन्तला खेती थाल्नुभएका उहाँले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गर्नुभएका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो ।

विसं २०३५ मा नै कृषिको जेटिए अध्ययन गरेका उहाँले आठ वर्षसम्म शिक्षक पेसामा लाग्नुभएको थियो । नेपाली कांग्रेसको नेतासमेत रहनुभएका घिमिरे विसं २०४९ मा तत्कालीन गाविस अध्यक्षसमेत बन्नुभएको थियो । राजनीति र समाज सेवामा सक्रिय रहनुभएका उहाँले विसं २०५३ देखि व्यावसायिकरूपमा सुन्तला खेती गर्नुभएको हो ।

“नेपालको हावापानी यति राम्रो र उर्वर छ, कि उत्पादन हुँदैन कि भन्ने कुनै चिन्ता छैन”, उहाँले भन्नुभयो, “परिश्रम गर्न सके आत्मनिर्भर हुन कुनै समस्या छैन ।” हामीमा समस्या भनेको काममा विश्वास नहुनु हो । विदेशमा गर्ने दुःख नेपालमा गर्न सकिएमा केही गर्न सकिन्छ । ”, उपाध्यक्ष घिमिरेले भन्नुभयो ।

सकारात्मक सोच र कर्ममा तल्लिन हुने हो भने मासिक पचासौँ हजार कमाउन विदेशिनु नपर्ने उहाँले बताउनुभयो ।

“सुन्तला फार्ममा आएर काम गर्दा छुट्टै आनन्दको अनुभूति हुन्छ, गर्वको महसुस हुन्छ । हरियाली र लटरम्म फलेका सुन्तला देखाउँदै उहाँले भन्नुभयो, “सुन्तला खेती गर्न गाह्रो पनि छैन, वर्षमा छ महिना जति हेरचाह गर्ने हो भने वर्ष दिनमा मनग्य आम्दानी लिन सकिन्छ ।”

सुरुको तीन वर्ष यसको बढी रेखदेख गर्नुपर्छ, जब फल दिन थाल्छ, त्यसपछि लामो समयसम्म यसबाट आम्दानी लिन सकिने उहाँले बताउनुभयो । फेरि सरकारले कृषिलाई विभिन्न अनुदानसमेत दिन थालेको छ । “बर्सेनि रु २० लाखको सुन्तला बिक्री गर्दै आएको छु, यसबाट सन्तुष्ट छु ”उहाँले भन्नुभयो । राजनीति र समाजसेवालाई सँगसँगै हाँक्नुभएका उपाध्यक्ष घिमिरेले उहाँले सुन्तला खेतीको साथै इँटाभट्टाको कारखानासमेत खोलेर सयौँलाई रोजगारी दिँदै आउनुभएको छ । “हाम्रो देशको समस्या भनेको बेरोजगारी हो, रोजगारी सिर्जना राज्यको मात्र दायित्व हैन, व्यक्ति आफैँ अग्रसर बन्नुपर्छ”, उहाँले भन्नुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।