तराई–मधेशमा जाडो बढ्दा जनजीवन कष्टकर

राजविराज, १४ पुस (रासस) :तराई–मधेशमा दुई÷तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ ।

एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो । तराई क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै घरपालुवा जनावरलाई पनि असर पारेका कारण कष्टकर देखिएको छ ।

बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छाडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित भएका छन् । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको राजविराजस्थित केअ मावि कक्षा ७ मा अध्यनरत प्रियंका साहले गुनासो गर्नुभयो ।

बाक्लो कुहिरो लागेका कारणले पूर्व–पश्चिम राजमार्ग र सहायक मार्गका सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको चालक बताउँछन् ।

दिउँसोको समयमा अलिअलि घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो हुने गरेको छ । चिसोले गर्दा मानिस बिरामी पर्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले चिसोबाट बालबालिका र वृद्धवृद्धामा बढी असर परेको बताउनुभयो ।

यस्तै गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुप्रिण्टेण्डेन्ट डा प्रकाश साहले जाडोबाट बढी मात्रामा दमका रोगी, वृद्धवृद्धा र बालबालिकालाई सताउने गरेको जनाउँदै अहिले अस्पतालमा त्यस्ता बिरामीको चाप नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त जाडो भर्खर सुरु भएको छ, चिसोसँगै बिरामीको चाप बढनसक्छ ।”

त्यस्तै स्थानिय प्रशासनले चिसोबाट बच्न आगो ताप्दा सावधानी अपनाउन आग्रह गरेको छ । आगोबाट ठूलो क्षतिसमेत हुनसक्ने भएकाले सबैलाई सचेत रहनसमेत आग्रह गरिएको छ । बाक्लो हुस्सु लागेका बेला सवारी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।