दुई अध्यादेश प्रस्तुत,एउटा नियमावली पारित

विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेशसभा नियमावली २०७४(संशोधन सहित) पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेवुल भएको छ । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताउनुभयो ।

हामीले राजनीति सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयन गरिरहेका छौँ, हामी आफै बजेट बनाउने तथा कार्यान्वयन गर्ने गछौं तर, प्रशासनिक रुपमा कर्मचारीलाई ढुक्क भएर काम गर्ने वातावरण तयार गर्नका लागि प्रदेश निजामती सेवा अध्यादेश २०७९ सदन नभएको बेला आवश्यक देखिएकाले ल्याएका हौँ ।’
सरकारले २०७९ असोज ११ गते प्रदेश निजामती सेवा अध्यादेश २०७९ र केही प्रदेश ऐन संशोधन अध्यादेश २०७९ जारी गरेको थियो । आइतबारको बैठकले केही प्रदेश ऐन संशोधन अध्यादेश पनि टेवुल गरेको छ ।

आइतबारको बैठकले तत्कालीन वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा प्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामी पौष २५ गते दिनको १ बजे बस्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।