साकेला गाउँलिकाका स्थानीय बासिन्दाले गरे सम्झौता तोड्न माग

खोटाङ, १८ पुस (रासस) ः साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभी, काठमाडौँको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको जनाउँदै वडा नं १ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिने गरी ठेक्का सम्झौता रद्द गर्न माग गरेका हुन् ।

बाँझेच्यानडाँडाका तीन सय तीनको हस्ताक्षरसहितको ज्ञापनपत्र आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलीखेल, काभ्रेलाई पठाउँदै भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभीबाट सडक कालोपत्रेको बाँकी काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएकाले ठेक्का तोड्नुको विकल्प नभएको स्थानीय बासिन्दाले बताएका छन् । मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको अवस्थामा स्थानीय बासिन्दाले सो निर्णयमा फेरबदल नगर्न ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय बासिन्दाको तर्फबाट पूर्वशिक्षक रघुनन्द राईले बुझाउनुभएको ज्ञापनपत्रमा भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाई जेभीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रको काम थप अलपत्र पर्ने दावी गरिएको छ । चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको ठेकेदारबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था नभएको उनीहरुले बताएका छन् ।

भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडबखण्ड कालोपत्रको सम्झौता गरेको थियो । सडक कालोपत्रको काममा ढिलासुस्ती हुँदा विशेष गरी बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएको जनाइएको छ ।

ठेकेदारले चखेवा भञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो ।

दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्डको दिक्तेलतर्फ यसअघि नै कालोपत्र सम्पन्न भएर सञ्चालनमा छ । दिक्तेलबाट करिब ४६ किलोमिटर लामो उक्त सडकखण्ड पाँच भागमा विभाजन गरेर काम कालोपत्र सुरु गरिएको थियो ।

यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै पङ्खु खोलाको मोटरेबल पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रक्रियामा लगिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख डिभिजन इन्जिनियर दीपेन्द्र बताउनुभयो । सम्झौता म्याद नाघेको झण्डै चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।