संखुवासभामा करेन्ट लागेर १ जनाको मृ’त्यु

संखुवासभा, पुस १९ । संखुवासभाको चैनपुर नगरपालिका- ९ त्रिशुले स्थितमा करेन्ट लागेर एक जनाको मृ’त्यु भएको छ ।

सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ बर्षीय शिब कुमार भण्डारीलाई उपचारको लागी चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो पनि…
थारु समुदायमा माघीको रौनक सुरु
कोहलपुर, १९ पुस (रासस) माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन ।

यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको पाइन्छ । चामलको पिठोबाट ढिक्री पकाउने, अनदीको जाँड, रोटी, भातलगायत मिठामिठा परिकारको जोहो गर्ने गरिन्छ ।

माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गरिन्छ । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गरिन्छ । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन रहेको राप्ती सोनारी गापा खैरेहनीका लहान थारुले बताउनुभयो ।उक्त समुदायमा माघीको रौनकमा खानपिन सँगसँगै आफनो वेषभूषामा नाचगान र संस्कृति झल्कने खालका प्रस्तुति पनि गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।