लफ्याङका ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबरको सिरक

खोटाङ, २१ पुस (रासस) ः
रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो ।

जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताउनुभयो । महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार बराबरको सिरक प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

दिक्तेल बहुमुखी क्याम्पसलाई पूर्वविद्यार्थी मञ्चको पुस्तक उपहार

दिक्तेल बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीले क्याम्पसलाई पुस्तक उपहार स्वरुप उपलब्ध गराएका छन् । डा धनप्रसाद सुवेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पूर्वविद्यार्थी मञ्चले क्याम्पसलाई रु २४ हजार छ सय ४१ बराबरको पुस्तक उपहारस्वरुप उपलब्ध गराएको हो ।

विभिन्न दाताबाट जुटाइएको २३ प्रकारका एक सय आठ थान पुस्तक मञ्चका उपाध्यक्ष राजेन्द्र राईले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाललाई हस्तान्तरण गर्नुभयो । क्याम्पसका विद्यार्थीलाई पाठ्यक्रम र सन्दर्भ सामग्रीका रुपमा उपयोग हुने किसिमका पुस्तक सङ्कलन गरेर प्रदान गरिएको मञ्चले जनाएको छ । मञ्चले साझा कथा, ‘नासो’, ‘ऋतुविचार’, ‘राजेश्वरी’, ‘सुलोचना’, ‘नरेन्द्र दाइ’, ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, ‘भाषा पाठ्यक्रम’, ‘प्रयोगिता भाषा विज्ञान’लगायतका पुस्तक प्रदान गरेको छ । मुन्धुम अध्येता भोगीराज चाम्लिङ, डा विष्णुकुमार सिंजाली, बम बानियाँ र राजुविक्रम चाम्लिङको सहयोगमा क्याम्पसका लागि पुस्तक जुटाइएको मञ्चका उपाध्यक्ष राईले जानकारी दिनुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।