पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै

पाँचथर, २१ पुस (रासस) : पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताउनुभयो । उहाँका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ ।

फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पिएएस जेभी झापाले रु ६० करोड २७ लाखको लागतमा गत ०७६ असार ३० गते सो आयोजनाको जिम्मा लिएको थियो ।

उक्त आयोजनाको समय अवधि आगामी २०८० असार मसान्तसम्ममा सकिँदैछ तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्यसम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ । विसं २०७८ मसान्तसम्मै आयोजनाको काम सकिनुपर्ने भए पनि कोभिड महामारीको कारण दुई वर्ष समय थपिएको थियो ।

यस्तै यासोक सरखण्डे १३ दशमलव तीन किलोमिटर सडक रहेको आयोजनाको काम कोभिडले दुई वर्ष समय थपिएको थियो । अब यो आयोजनाको काम आगामी बर्ष असार मसान्तमा सकिँदैछ । यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।

यो सडकको कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जेभी काठमाडौँले रु ६० करोड ९२ लाखको लागतमा लिएको हो । यस्तै सात किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको कालोपत्रे गर्ने कार्य भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत सकिएको छ । दिवा सफल जेभी काठमाडौँले रु २६ करोड ४५ लाखको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ । यो आयोजनाको काम आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ ।

यसैगरी १४ किलोमिटर रहेको सिवादोभान लुम्फाबुङ नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य भने अघि बढ्न सकेको छैन । विसं २०७६ असार मसान्तमा सम्झौता भएको उक्त सडकको समयअवधि आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ । कान्छाराम याक्थुहाङ जेभी पाँचथरले रु २६ करोड ४५ लाखको लागतमा आयोजनाको जिम्मा लिएको थियो तर थपिएको समय अवधिमा पनि कामले गति लिन नसकेको र निर्माण व्यवसायीलाई ताकेता गरिरहेको हुँदा समय अवधिभित्रै काम हुने आशा राखिएको कार्यालय प्रमुख रिड्डीले बताउनुभयो ।

यस्तै सप्तमी दशमी–मौवा लखुवा दोभानअन्तर्गत मौवादेखि लखुवादोभान सम्मको १४ किलोमिटर सडकको कालोपत्रे गर्न बोलपत्र आह्वान प्रक्रिया पनि अघि बढेको उहाँले बताउनुभयो । आगामी माघ महिनाभरिमै सम्झौता भई काम अघि बढ्ने जनाइएको छ । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।