रावाबेँसीमा कोरोनाले बन्द हाट सुचारु

खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिकामा कोरोना महामारीका कारण बन्द भएको साप्ताहिक हाटबजार सुचारु गरिएको छ । बिश्वभर फैलिएको कोरोना महामारीको संक्रमण रोकथाम तथा न्यूनीकरणका क्रममा बन्द गरिएको हाटबजार शुक्रबारदेखि सुचारु गरिएको हो । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरमटारमा हरेक शुक्रबार लाग्ने हाट झण्डै दुई वर्षपछि सुचारु गराइएको हो ।

    स्थानीय कृषि उपजको बजारीकरण गर्दै आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले २०७७ पुस १० गतेदेखि हरम्टारमा हाट बजार सुरु गरेको थियो । तर कोरोना महामारी फैलिएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को निर्देशन अनुसार करिब तीन महिनापछि नै हाट बजार बन्द गरिएको थियो । 

    २०७९ पुस ८ गते जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल, घरेलु तथा साना उद्योग महासंघ, नागरिक समाज, अगुवा कृषक लगायतको समन्वय बैठकको निर्णय अनुसार हाटबजार सुचारु गरिएको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । हाटबजारमा विशेषगरी सागसव्जी, फलफुल, दाल, अन्न, पशुपन्छी, कपडा लगायतका थोकवस्तु किनबेच सुरु भएको छ । बन्द हाटबजार सुचारु हुँदा कृषि उपजले बजार पाउनेमा स्थानीय कृषक उत्साहित भएका छन् । हाट बजार विशेषगरी लेकमा उत्पादन हुने र बेँसीमा उत्पादन हुने कृषि उपजको विनिमयको माध्यम बनेको छ । 

    छ वडा रहेको गाउँपालिका लिची, केरा, तरकारी, धान, दलहन, सागसव्जी उत्पादनका लागि चर्चित छ । पालिकामा प्रशस्त मात्रामा उत्पादन हुने तिनै कृषि उपजको बजार व्यवस्थापनका लागि गाउँपालिका आफैले हाटबजार सुरु गरेको थियो । कृषि उपज बिक्रीबाट किसानले आफ्नै गाउँमा आयआर्जन गर्न सक्ने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । 

    हाट बन्द भएपछि सो स्थानमा कोरोना संक्रमित राख्नका लागि क्वारेन्टाइन बनाइएको थियो । क्वारेन्टाइनलाई हाटबजारको टहराका रुपमा प्रयोग गर्ने तयारी गरिएको छ । किसानलाई लक्षित गर्दैै हरम्टारमा चिस्यान केन्द्र पनि निर्माणाधिन अवस्थामा छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।