ओखलढुंगामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमका प्रशिक्षकको गोष्ठी

ओखलढुंगा । ग्रामीण किसानको वित्तीय अवस्था उकास्ने उद्देश्यले सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समीक्षात्मक गोष्ठी ओखलढुंगामा सुरु भएको छ ।

बाख्रा तथा तरकारी उत्पादक किसान समूह र सहकारीसँग आबद्ध प्रशिक्षकहरु सहभागी गराएर ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले गोष्ठी सुरु गरेको हो ।

जिल्लाका २० वटा किसान समूह र १५ वटा सहकारीसँग आबद्ध किसानहरुलाई समृद्धिले वित्तीय शिक्षा प्रदान गरिरहेको छ । गोष्ठीमा आयोजनाले दिँदै आएको वित्तीय तथा व्यवसायिक ज्ञान तालिमको प्रभावकारिताको विषयमा ५ दिनसम्म छलफल र कार्यशाला हुने आयोजनाका वित्तीय समावेशिकरण अधिकृत समिल कार्कीले जानकारी दिनुभयो ।

समृद्धिले किसान समूहलाई ३५ हप्तासम्म र सहकारीमा आबद्ध सदस्य तथा गैह्र सदस्यहरुलाई आवश्यकता अनुसार वित्तीय तालिम दिँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।