खोटाङको हलेसी तुवाचुङमा प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

खोटाङ । प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिका छात्र/छात्राले विद्यालयमा ताला लगाएका छन् ।

गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र/छात्राले ताला लगाएका हुन् ।

हिउँदे विदा सकिए पनि प्रअ र शिक्षक आइनपुगेपछि विद्यार्थीले पुस ५ गते विद्यालयमा ताला लगाएको राजापानीका वडाध्यक्ष अनिस कार्कीले बताए । स्वयं विद्यार्थीले ताला लगाएपछि पठन–पाठन ठप्प बनेको छ । 

माघ २ गतेदेखि खुल्नुपर्ने विद्यालय पोखरामा भएको विमान दुर्घटनाका कारण माघ ३ गतेदेखि खुलेको थियो । विद्यालय खुल्दा पनि विद्यालय नआएका शिक्षकलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको छ ।

शुक्रबार विद्यालयमा उपलव्ध शिक्षकमार्फत पठनपाठन सुचारु गर्न आग्रह गर्दा विद्यार्थीले अस्वीकार गरेको वडाध्यक्ष कार्कीले बताए । ताला हालिएको विद्यालय खुलाउने विषयमा सोमबार छलफलको तयारी गरिएको छ । प्रअ यादवमाथि विद्यालय प्रशासन फितलो तरिकाले सञ्चालन गरेको आरोप छ । 

प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको बताए । उनले शिक्षक रामशंकर यादवलाई मौखिक रूपमा प्रअको जिम्मेवारी दिइएको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।