हलेसी तुवाचुङको विद्यालयमा विद्यार्थीले लगाएको ताला खोलियो

खोटाङ, १० माघ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिमा विद्यार्थीले लगाएको ताला खोलिएको छ । गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादव सहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र÷छात्राले पुस ५ गते लगाएको ताला सोमबार खोलिएको हो ।

    नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रुद्र कुमार राई, शिक्षा शाखा प्रमुख पदम कार्की, वडाध्यक्ष अनिश कार्की, व्यवस्थापन समिति, शिक्षक अभिभाबक संघ, अभिभाबक लगायतको छलफलबाट सहमती जुटाएर विद्यालयको ताला खोलिएको हो । ताखा खोलिएपछि विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु भएको वडाध्यक्ष कार्कीले बताए । 

    हिउँदे बिदा सकिएर बिद्यालय खुल्दासम्म पनि उपस्थित नहुने प्रअ यादव, शिक्षक रञ्जन नेपाल, अम्बिरलाल ठाकुर, जिबछ यादब र बदन हास्दालाई वडा शिक्षा समितिले तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको वडाध्यक्ष कार्कीले बताए । पटक–पटक विद्यालयमा लापरबाही गरेकाले प्रधानाध्यापक यादबलाई भने कारबाहीका लागि सिफारिस गरिएको छ । कसैलाई जानकारी नगराइ र लिखित रुपमा निमित्त प्रधानाध्यापक नदिइ विद्यालयबाट पटक–पटक बेखबर बनेकाले यादवमाथि कारबाहीको लागि सिफारिस गरिएको हो । 

    वडा शिक्षक समितिले गरेका कतिपय निर्णय पालना नगरेको प्रअ यादवमाथि आरोप छ । प्रधानाध्यापक र शिक्षकलाई नगरपालिकाबाट पनि स्पष्टीकरण सोधिने शिक्षा शाखा प्रमुख कार्कीले बताए । प्रअ यादवले राष्ट्रिय परिक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परिक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको प्रतिक्रिया दिएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।