चौबिसे गाउँपालिकामा आठ वर्षपछि लिफ्टिङ खानेपानी

धनकुटा, १० माघ (रासस) : चौबिसे गाउँपालिकाको बोधे गाउँवासीका लागि अब बर्खाको पानी जम्मा गनुपर्ने बाध्यता हट्ने भएको छ । यहाँका बासिन्दाका लागि लिफ्टिङ खानेपानी आयोजना निर्माण सुरु भएको आठ वर्षमा पूरा भएपछि सो गाउँका चार सय ११ घरधुरीलाई राहत पुग्ने भएको छ ।

पालिकाको वडा नं ५ का लागि २०७१ सालबाट सुरु भएको क्रमागत बोधे लिफ्टिङ खानेपानी आयोजना पूरा भएर परीक्षण वितरण सुरु गरिएको छ । सङ्घ तथा प्रदेश सरकारको दुई करोड ३० लाख २९ हजारको लागतमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाअन्तर्गत सञ्चालित आयोजनाको गएको साउनबाट परीक्षण सुरु गरिएको हो ।

खानेपानीको चरम अभाव भएको उक्त क्षेत्रमा बर्खामा सङ्कलित पानी सकिएपछि गाउँवासीले प्रतिलिटर रू दुईका दरले खानेपानी किनेर खाँदै आएका थिए । पानी किन्न नसक्नेहरुका लागि घण्टौँ लगाएर विभिन्न स्थानका धारा तथा कुवाबाट पानी ल्याएर खानुपर्ने बाध्यता थियो ।

खानेपानी आयोजना पूर्णरुपमा सञ्चालनमा आएपछि बोधेवासीले पानीको समस्याबाट मुक्ति पाउने भन्दै बोधे खानेपानी निर्माण व्यवस्थापन समितिका अध्यक्ष आधुनिक देवानले खुसी व्यक्त गर्नुभयो । “यो खानेपानी नहुँदा अधिकांश वडावासीले बर्खाको पानी थापेर खाँदै आएका थिए”, देवानले भन्नुभयो । “अब यो खानेपानीले गाउँवासीलाई काकाकुलको अवस्थाबाट मुक्ति दिनेछ ।”

खानेपानी लिफ्टिङ गर्ने मोटर बिग्रिएर अहिले आंशिक मात्र वितरण भइरहेको उहाँले जानकारी दिनुभयो । केही समयपछि समस्याको समाधान गरेर सबैका घरमा खानेपानीको सुविधा पु¥याइने देवानले जानकारी दिनुभएको छ ।

वडाको मौन खोलाबाट गढीगाउँसम्म डेढ किलोमिटर लिफ्टिङ गरिएको उक्त खानेपानी वितरण परीक्षण सफल भएको डिभिजन कार्यालय धनकुटा प्रमुख राजकुमार मण्डलले जानकारी दिनुभयो । अहिले देखिएको सामान्य प्राविधिक समस्याको समाधानसँगै बाँकी भएका धारा वितरणका कामहरु सकिएपछि खानेपानी चाँडै सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।