ताप्लेजुङमा अझै हिउँ परेन

ताप्लेजुङ, ११ माघ, (रासस) :अघिल्ला वर्षमा ताप्लेजुङका उत्तरी हिमाली क्षेत्रमा पुस लागेदेखि नै हिमपात सुरु हुन्थ्यो । अग्ला पहाडका चुचुरा र हिमाल हिउँले सेताम्मे देखिन्थे । तर यो वर्ष माघ महिना मध्य हुन लाग्दा पनि हिमपात भएको छैन । सधँै हिउँले सेताम्मे देखिने डाँडाकाँडा कालापत्थर झैँ देखिन्छन् ।

स्थानीयवासी छेतेन शेर्पाका अनुसार करिब तीन हजार मिटरको उचाइमा पर्ने ओलाङ्चुङगोलामा अघिल्ला वर्षको माघ महिनामा दुई फिट भन्दा बढी हिउँ जम्थ्यो । उच्च क्षेत्रमा पर्ने मानव बस्ती याङ्मा, घुन्सालगायतका क्षेत्रमा पनि हिउँ परेको छैन । पुसदेखि नै हिउँ पर्ने र चिसो बढ्ने भन्दै उच्च क्षेत्रका कतिपयले फागुन अन्तिमदेखि घर छाडेर अन्यत्र निस्किएका छन् ।

बर्सेनि हिमपातको समयमा याङ्मा, घुन्सा, ओलाङ्चुङगोला लगायतका कतिपय मानिस अन्यत्र जाने गर्छन् । सधँैका वर्षमा जस्तो चिसो पनि नबढेको स्थानीयवासीले बताए । लामो समयदेखि वर्षा नभएको र मौसम सफा रहेको ओलाङ्चुङगोलाका छेतेन शेर्पाको भनाई छ ।

“विगतका वर्षमा पुसदेखि नै हिमपात सुरु हुन्थ्यो, अहिले न वर्षा न त हिउँ नै । पूरै खडेरी चलेको छ, दिनहुँ टन्टलापुर घाम लाग्छ, चिसो हुनेबेलामा न्यानो छ”, शेर्पाले भन्नुभयो ।

समयमा वर्षा र हिउँ नपर्दा किसानलाई समस्या भएको उहाँले बताउनुभयो । आलु रोप्ने मौसम नजिकिँदै गएकाले यतिबेलादेखि नै जमिनमा चिस्यान आवश्यक हुने शेर्पाको भनाइ छ । “उच्च क्षेत्रमा बसोबास गर्नेको मुख्य खेती आलु पनि हो, आलु रोप्ने बेला नजिकिएको छ, आलु रोप्ने समयमा चिस्यान भएन भने समस्या हुन्छ, अन्य तरकारी फलफुल खेतीसमेत लाउन पाइदैन”, उहाँले भन्नुभयो । यस्तै आगलागीकोसमेत जोखिम हुने शेर्पाले बताउनुभयो ।

खडेरीका कारण चरन क्षेत्र लगायतमा आगलागी हुन सक्ने भएकाले थप समस्या हुने उहाँले बताउनुभयो । बर्सेनि ढिलो गरी हिउँ पर्ने क्रम बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

पछिल्ला केही वर्षयता हिमपात न्यून हुने र अर्कातिर समयमा नहुने गरेको पाइएको स्थानीयवासीले बताए । हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रका किसानलाई मात्रै नभइ तल्लो भेगका किसानलाई समस्या छ । गहुँ, जौ, तोरी, मकैलगायतका बालीनाली लगाउने मौसम सुरु हुन लाग्दासमेत खडेरी निरन्तर रहेकाले किसान चिन्तामा परेका छन् । यस्तै हिमपात समयमा नहुँदा वन्यजन्तुमासमेत असर पर्ने बताइन्छ । हिउँ परेको वातावरणमा बस्न रुचाउने हिउँ चितुवा, कस्तुरी, ब्वाँसो लगायतका जनावरलाई समस्या हुने बताइन्छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।