लामीडाँडा बिमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला

दमन राई /खोटाङ, २० माघ । खोटाङको लामीडाँडा बिमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल बन्द भएका छन् । रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो । २०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा पसल सुनसान बनेको छ । बिमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज ग्राहक पाउन छाडिएको स्थानीय व्यवसायी जगत थापाले बताए । दुई चार वटा बाहेक अन्य होटलहरुमा ताला लागेको छ । होटल तथा पसल अगाडि झारपात पलाएको छ । भिडभाड हुने होटल चल्न छाडेपछि अधिकांश व्यवसायी पुरानै पेशा खेतीपातीतिर फर्किएका छन् । 

    खोटाङका तीन वटा बिमानस्थलमध्ये लामीडाँडा बिमानस्थल सबैभन्दा पुरानो बिमानस्थल हो । पर्यटकीय सिजनमा लामीडाँडा बिमानस्थलमा एकैदिन हजाइजहाज र हेलीकोप्टर गरी ६० देखि ६८ फ्लाईट हुन्थ्यो । यात्रुको ओहोर–दोहोरले होटल र पसलमा ग्राहक भरिभराउ हुन्थे । फ्लाईट क्यान्सिल हुँदा उत्तिकै मात्रामा यात्रु रोकिन्थे । तर, कच्ची र धुलाम्मे बिमानस्थल हुँदा नियमित उडान भइरहेको बिमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामीडाँडाका वडासदस्य महेशकुमार श्रेष्ठले बताए । कालोपत्रे गरिएपछि लामीडाँडामा २०७६ असार ३ गते परिक्षण उडान भरिएको थियो । त्यस यता बिमानस्थललाई परिक्षण उडानमै सिमित राखिएको छ । २०७३ असोज १९ गतेदेखि सुरु गरिएको बिमानस्थल कालोपत्रेको काम २०७५ चैत २८ गते सकिएको थियो । सेड्युल बनाएर उडान नहुँदा र यात्रु नपाउँदा लामीडाँडामा उडान बन्द भएको हो । 

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा बिमानस्थल र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामीडाँडा बिमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो । लामीडाँडामा दैनिक यात्रुको घुईचो लाग्ने गरेको थियो । होटल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो । होटलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दैआएका थिए । तर हिजोआज बैंकमा आउने सेवाग्राहीको कारण मात्र लामीडाँडामा केही जमघट हुने गरेको देखिन्छ । उडान नहुँदा  रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन् । यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा उत्तिकै अशर परिरहेको छ । उडान नहुँदा बिरामी र अशक्तलाई उपचारका क्रममा अन्यत्र लैजान समस्या भइरहेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । 

    सोलुखुम्बु, पाथीभरा, हलेसी सिजनमा लामीडाँडामा पार्किङ अभावमा जहाज र हेलीकोप्टरलाई आकाशमै होल्डमा राखेर अवतरण गराइन्थ्यो । पर्यटकीय सिजनमा धेरैजसो सोलुखुम्बुको लुक्ला ओहोर दोहोर गर्ने जहाजलाई लामीडाँडामा ‘वेटिङ फ्लाईट’ गराइन्थ्यो । तर कालोपत्रे बिमानस्थलमा परिक्षण उडानपछि सिता एयरको जहाजले दुई पल्ट उडान भर्नु बाहेक अन्य उडान हुन सकेको छैन । यसबीचमा मौसमका कारण लुक्ला र फाप्लुबाट डाइभर्ट भएका हेलीकोप्टरले १०/१५ पटक ‘वेटिङ फ्लाईट’ गरेको स्थानीय बताउँछन् । 

    पछिल्लो समय खोटाङमा बैकल्पिक बिमानस्थल सञ्चालनमा आए । सँगसँगै गाउँ–गाउँ पुग्ने सडक सञ्जाल विस्तार भए । अहिले यात्रु लिनकालागि घर घरमै जिप पुग्न थालेको छ । त्यसका कारण पनि लामीडाँडा बिमानस्थलमा नियमित उडान हुन नसकेको स्थानीय युवा नेता खेमराज देउसालीले बताए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।