तामाङ समाज युएईद्वारा शारिरिक रुपमा अस्वस्थ्य रहेकी चर्चित मोडल पुर्णिमा थोकरलाई आर्थिक सहयोग

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले लामो समयदेखि ब्रेन ह्यामरेजका कारण शारिरिक रुपमा अस्वस्थ्य रहेकी चर्चित मोडल पुर्णिमा थोकरलाई आर्थिक सहयोग गरेका छन् ।

एकपछि अर्को हिट भिडियो सार्वजनिक भइरहेको मोडल थोकर आफ्नै कोठामा अचेत अवस्थामा भेटेपछि उनलाई अस्पताल पुर्याएका थिए । पछि उनलाई ब्रेन ह्यामरेज भएको डाक्टरले जानकारी गराए ।

शरिरको आधा भाग अचेत अवस्थामा रहेको थोकर हाल अलिअलि हिडडुल गर्ने भए पनि बोली र दाइने हात अझै नचलेको उनका परिवार स्रोतले बताए ।

बिरामी थोकरको घरमा पुगि तामाङ कलाकार संघको अध्यक्ष विश्व दोङ, कोषाध्यक्ष खेम मोक्तान, आदिबासी जनजाति पत्रकार महासंघ युएईका पुर्व अध्यक्ष अनिस तामाङ , म्हेन्दो माया गायक एवम् संगीतकार रोशन फ्युबो लगायतले तामाङ समाज युएईले पठाएका आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

सांगीतिक प्रस्तुतिका लागि युएई पुगेका विश्व दोङलाई समाजले ७३ हजार नेपाली रुपैयाँ पठाएका थिए । जसमा ५० हजार रुपैयाँ तामाङ समाज युएईको तर्फबाट र बाँकी २३ हजार रुपैयाँ समाजका संरक्षक एवम् संस्थापक राम मोक्तान र महेश मोक्तानले पठाएको तामाङ समाज युएईका महासचिव नविन दोङ तामाङले जानकारी गराए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।