खोटाङ बजारको सडक ढलान ६ महिनादेखि अलपत्र

खोटाङ, २७ माघ । ठेकेदारले खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम ६ महिनादेखि अलपत्र पारेको छ ।

निर्माण कम्पनी धुलीखेल निर्माण सेवाले जिल्लाकै पुरानो बजार मानिने खोटाङ बजारभित्रको सडक ढलान तथा डिबिएसटी पिचको काम अलपत्र पारेको हो । प्रदेश सरकारको मुअकरबाहेक २ करोड ६९ लाख २५ हजार ७९७ को लागतमा धुलीखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लिएको थियो । 

 २०७८ असार ३० गतेसम्ममा सक्ने गरी २०७७ असार ३० गते खोटाङ बजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो । निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिचको काम रोकेर अलपत्र पारेको खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले बताए । ‘गुणस्तहिन काम भयो भन्ने गुनासो आएपछि अनुगमनमा गएर रोक लगाएका थियौंँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘त्यसको केही समयसम्म काम गरेर हिँडेको ठेकेदार अहिलेसम्म वेपत्ता छ । असारदेखि काम ठप्प छ ।’ 

खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसि ढलान र करिब छ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर सडक ढलानका क्रममा ढिलासुस्तीसँगै गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दुरीमा रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

प्रयोग गर्न ल्याइएका गिटी र बालुवा छुट्याउन सकिन्न । बनिसकेका ड्रेन र मेसिनरी पर्खाल भत्किन थालेको गाउँपालिकाका उपाध्यक्ष रुपेश राईले बताए । ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिटी र रडका कारण बजारमा दुर्घट्नाको जोखिम उत्तिकै बढेको छ । 

 सुरुमा खोटाङ बजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरु भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो । परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि ईलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो ।

 सम्झौता म्याद नाघेको १८ महिना वितिसक्दा आयोजनाको करिब ६० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाले जनाएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ ।

 बिक्रम संबत २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबरझैं देखिएका छन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।