खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड पिपलडाँडा देविस्थान माविले उचाल्यो

खोटाङ, २९ माघ  । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा आयोजित नगर स्तरिय तेश्रो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड पिपलडाँडा देविस्थान मावि मंगलटारले उचालेको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार खेलमैदानमा शनिबार सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, २ रजत र ५ कास्य गरी कुल १४ पदक सहित पिपलडाँडा देवीस्थान माबिले प्रथम उपाधि उचालेको हो । 

माघ २५ गतेदेखि माघ २८ गतेसम्म सञ्चालन भएको प्रतियोगीतामा सरस्वती मावि अर्खौले ५ स्वर्ण, ६ रजत र ३ कास्य गरी कुल १४ पदकसहित दोश्रो र ज्योति मावि राजापानी ५ स्वर्ण, ३ रजत र २ कास्य गरी कुल १० पदक सहित तेश्रो भएका छन् । 

 प्रतियोगितामा महेन्द्रोय माविले ५ स्वर्ण र ३ कास्य, च्यास्मिटार माविले ३ स्वर्ण, ६ रजत र ७ कास्य, दुर्छिम माविले २ स्वर्ण, ३ रजत र १ कास्य, बुलापन्थे माविले २ स्वर्ण र २ रजत पदक जितेका छन् ।

यस्तै, दाम्ली माविले १ स्वर्ण, ४ रजत र २ कास्य, लक्ष्मी माविले २ रजत र ३ कास्य, जनता मावि र कालिका माविले १ रजत र १ कास्य पदक जितेको नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर कार्कीले जानकारी दिए । प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्ला स्तरीय प्रतियोगितामा खेल्न पाउनेछन् ।

विजेता विद्यालय तथा खेलाडीलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, उपमेयर रमेश राउत लगायतले शिल्ड, मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । प्रतियोगीतामा नगरपालिका भित्रका १३ वटा विद्यालयका ४५६ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए । 

केन्द्रबाट प्राप्त भएको एक लाख अपुग भएपछि नगरपालिकाले थप चार लाख व्यवस्था गरेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । प्रत्येक विद्यालयलाई प्रतियोगितास्थल आउन–जान र अन्य व्यवस्थापन खर्च पनि उपलब्ध गराइएको कसजूले बताए । दूरीको आधारमा विद्यालयलाई ३० हजारदेखि ५० हजारसम्म खर्च उपलब्ध गराइएको छ । 

नगरस्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोश्रो संस्करणको उपाधि महेन्द्रोदय मावि महादेवस्थान र पहिलो संस्करणको उपाधि दुर्छिम मावि दुर्छिमले उचालेको थियो ।

विगत दुई वर्ष गरिएको नगर स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तुलनामा तेश्रो संस्करणमा सतप्रतिशत विद्यालयको सहभागीता रहेको मेयर राईले बताइन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।