ब’ला’त्का’र आराेपमा एक जना पक्राउ

उदयपुर, २९ माघ । २२ वर्षीया महिलालाई ज’रबजस्ती क’रणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई प्रहरीले पक्राउ गरेको छ । 

परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह
घोराही, २९ माघ (रासस) :
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ ।

अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ पुनले बताउनुभयो । जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उहाँको भनाइ छ । दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन् । मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ ।

पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहनुभएको छ । मासिक रू १५ हजारसम्म आम्दानी हुने गरेको उहाँ बताउँनुहुन्छ । एक सय २० मिटर गहिरो उक्त दहको १२ बिघा क्षेत्रमा पानी छ भने वरिपरीको क्षेत्रफल पाँच किलोमिटर छ ।

ज्यामिरे दहलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले डुङ्गा सञ्चालन गरिएको छ । यहाँ डुङ्गा सवार गर्न, पौडी खेल्न र वनभोजका लागि सर्वसाधारण पुग्ने गरेका छन् । प्राकृतिक रूपमा रहेको उक्त दह बवरपर पर्खाल निर्माण गरिएको छ ।

बिदाको समय तथा चाडपर्वमा डुङ्गा शयर गर्नेको घुइँचो लाग्छ । डुङ्गा शयर गरेबापत एक जनाबाट रु ५० लिने गरिएको छ । ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै यहाँ व्यापारसमेत बढेको घोराही उपमहानगरपालिका–१३ कमलघारीकी गीता नेपालीले बताउनुभयो । उहाँ चार वर्षदेखि ज्यामिरे दहनजिकै व्यापार गर्दै आउनुभएको छ ।

दह रहेको क्षेत्रमा प्रतिक्षालय र खानेपानीको व्यवस्था भए सहज हुने स्थानीय टीकाराम गिरी बताउनुहुन्छ । प्रतिक्षालय नहुँदा घुम्न आउनेलाई समस्या भएको छ । “यस क्षेत्रको विकास गर्न सके धेरै सम्भावना छन्”, उहाँले भन्नुभयो । यसलाई पर्यटकीय हब बनाउन स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने उहाँकोे भनाइ छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।