खोटाङमा ड’ढेलोले एकै व्यक्तिको दुई घर ज’ले

खोटाङ, ४ फागुन । खोटाङमा ड’ढेलोले एकै व्यक्तिको दुई घर ज’लेको छ । सामुदायिक वनमा लागेको ड’ढेलोले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुई वटा घर र एउटा गुवाली ज’लेको हो ।

स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको ड’ढेलो घर ज’ल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

ड’ढेलोको आ’गो हावाहुरीले उडाएर छानामा पुर्‍याएपछि बुधबार साँझ घर ज’लेको हो । आगोले दुई घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा १ वटा बाख्रा जलेको प्रहरीले जनाएको छ । 

बगरको कर तिर्दै बगरफाँटवासी
गलेश्वर, ४ फागुन (रासस) :म्याग्दीको बेनीनगरपालिका–२ बगरफाँटका स्थानीयले २२ वर्षदेखि म्याग्दी नदी बगरको कर जिल्ला मालपोत कार्यालयलाई तिर्दै आएका छन् ।

विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन् । म्याग्दी नदीको कटानका कारण बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएको हो । बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ ।

नदी बगेको ठाउँभन्दा पारपिट्टी बेनी नगरपालिका–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान नभए पनि जग्गाधनी पूर्जा कामयमै रहेकाले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँकोसमेत कर तिर्न बाध्य हुनुपरेको बेनी नगरपालिका–२ का ओमबहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार स्थानीय हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगागत आठ जना व्यक्तिले मालपोत कर तिर्दै आएका छन् । पहिला जग्गा (खेत,बारी र घर) भएको ठाउँमा अहिले म्याग्दी नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी नगरपालिका–६ डम्मरामा नदीको बगरमा परिणत भएको थापाले बताउनुभयो ।

“हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ”, थापाले भन्नुभयो, “जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ, बर्सेनि मालपोत कर तिर्दै आएका छौंँ, तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौंँ, हामीमाथि अन्याय भएको छ ।”

विसं २०५७ मा म्याग्दी नदीमा आएको भीषण बाढीले जो जग्गा बगाएको थियो । त्यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णबहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकाले जग्गाधनीले कर तिर्दै आएका बताउनुभयो ।

स्थानीयवासीले सो जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन् ।

पूरै गाउँ जोखिममा

बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै गएको छ । २०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न सुरू गरेको बगरफाँटमा रहेका दुई सय घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा म्याग्दी नदीको कटानबाट बर्सोनि त्रसित हुने गरेका छन् । म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

“गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ,” नदी कटानबाट गाउँलाई जोगाउन बर्सेनि तटबन्धको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताउनुभयो ।

म्याग्दी नदीको कटानका कारण बगरफाँटको एकसय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका कार्कीले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उहाँको भनाइ छ । गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा सङ्घबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर, समस्याको समाधान नभएकाले यसले सदरमुकाम बेनी बजारसमेत प्रभावित हुने अनुमान गरिएको छ ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको शिरानमा रहेको जङ्गल र बस्ती मासिने खतरा बढेको छ । पहिरोले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइँ सरिसकेको स्थानीयवासी टेकबहादुर कार्कीले बताउनुभयो ।–

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।