खोटाङमा ड’ढेलो पीडित परिवारलाई राहत
खोटाङ, ५ फागुन । खोटाङमा ड’ढेलोले घर ज’ल्दा विस्थापित भएका पीडित परिवारलाई राहत प्रदान गरिएको छ । फागुन ३ गते सामुदायिक वनमा लागेको ड’ढेलोको झिल्कोबाट घरमा आ’गलागी भएपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका बक्तबहादुर बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत प्रदान गरेको हो ।
अ’ग्नी पीडित परिवारलाई राहत स्वरुप नगद १० हजार प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए । अग्नी पिडितलाई भग्नावशेषमै पुगेर वडाका जनप्रतिनिधिको उपस्थितिमा कोषका प्रतिनिधि तामन राईले राहत हस्तान्तरण गरेका हुन् ।
आ’गलागीमा दुईवटा घर, एकवटा गुवाली, एउटा बाछी, एउटा १ वटा बाख्रा लगायत जल्दा बस्नेतको १० लाख बराबरको क्षती भएको थियो । आ’गलागीमा घर र घरमा भएका सम्पत्ती ज’लेपछि बस्नेतको १३ जनाको परिवार पूर्णरुपमा विस्थापित बनेका छन् ।
‘आगलागीमा बस्नेतको बालबच्चाको पुस्तक, कापी, पेशाक समेत जलेको थियो । स्थानीय आमकासुकसे सामुदायिक बनमा लागेको डढेलोको झिल्को हावाले उँडाएर छानामा ल्याएपछि घर ज’लेको थियो ।


