कांग्रेस–माओवादी प्यानललाई हराउँदै एमाले विजयी

खोटाङ, ७ फागुन ।   खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित शारदा माबिको व्यवस्थापन समिति चयनका क्रममा दलीय आधारमा चुनाव भएको छ ।

 
नयाँ व्यवस्थापन समिति चयनका क्रममा सहमती नजुटेपछि अभिभावकबीचमै दलीय आधारमा निर्वाचन भएको हो । व्यवस्थापन समितिका लागि कांग्रेस र माओवादी केन्द्र समर्थकको एउटा प्यानल तथा एमाले समर्थकको अर्को प्यानल खडा गरेर शुक्रबार निर्वाचन गरिएको हो । निर्वाचनमा कांग्रेस–माओवादी केन्द्रको प्यानललाई हराउँदै एमालेको प्यानल विजयी भएका छन् । 

व्यवस्थापन समितिका लागि पुर्व वडाध्यक्ष समेत रहेका यज्ञ नारायण श्रेष्ठले ७७ मत, वीरबहादुर रोक्काले ७० मत, खड्गकुमारी बरुवालले ७७ मत र मनकुमारी श्रेष्ठले ८४ मत ल्याएर विजयी भएका छन् । यस्तै, कांग्रेस–माओवादी केन्द्र प्यानलका सुरेन्द्र राईले ६६ मत, हरी राईले ६३ मत, डोमु शेर्पा (राई)ले ६५ मत र विष्णुकुमारी बस्नेत (खड्का)ले ६५ मत पाएर पराजित भएका छन् । निर्वाचनमा कुल १४८ जना अभिभाबकले मत हाल्दा १० मत बदर भएको थियो ।

 पटक–पटकको छलफलमा सहमती नजुटेपछि दुई महिला र दुई पुरुष सदस्यका लागि आठ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिएसँगै अर्को समिति गठनका लागि विद्यालयले पत्राचार गर्दै गत माघ २७ गते अभिभावकलाई बोलाएको थियो । सो भेलामा व्यवस्थापन समितिमा बस्न २५ जनाले आकांक्षा देखिाएपछि पटक–पटक छलफल गर्दा पनि सहमती जुट्न नसकेको प्रअ हर्कबहादुर कार्कीले बताए । 

निर्वाचनबाट चुनिएका चार सहित विद्यालय व्यवस्थापन समितिमा नौ जना रहने व्यवस्था छ । प्रधानाध्यापक स्वतः सदस्य सचिव रहने व्यवस्था छ । निर्मला कार्कीलाई शिक्षक प्रतिनिधिबाट छनौट गरिएको छ । वडाध्यक्ष चिरञ्जीवी कार्की स्वतः पदेन सदस्य रहन्छन् । सात जनाको बैठकले पुःन दुई सदस्य मनोनित गर्ने व्यवस्था छ । 

पछिल्लो समय जिल्लाका कतिपय सामुदायीक विद्यालयको व्यवस्थापन समिति राजनैतिक दलको शक्ती परीक्षण गर्ने साधन बन्दै गएको छ । आफ्नो शक्ती परिक्षण तथा व्यवस्थापन समिति, विद्यालय र सिंगो वडामा आफ्नो ‘पकड’ जमाउने भित्री स्वार्थ बोकेका दलहरुको कारण विद्यालयमा अनपेक्षित निर्वाचन हुने गरेको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।