कटारी बजारको आ’गला’गी नियन्त्रणमा
कटारी, ६ फागुन (रासस) :उदयपुरको कटारी बजारको मुख्य भागमा रहेको होटलमा भएको आ’गला’गी नियन्त्रणमा आएको छ । जिल्लाको कटारी–३ स्थित बजारकै मुख्य भाग भूगोलपार्क नजिकै रहेको आज विहान हिमगङ्गा होटलमा भएको आ’गलागी नियन्त्रणमा आएको हो ।
कमल साहले सञ्चालन गरेको होटलमा भएको आ’गलागीबाट रू पाँच लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष पुष्कर खड्काले बताउनुभयो । “होटलको काउन्टरबाट सुरु भएको आ’गलागीका कारण फ्रिज लगायतका सामग्री जले’का छन्”, उहाँले भन्नुभयो ।
कटारी नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताउनुभयो । “तत्काल नियन्त्रणमा ल्याउन सकेकाले ठूलो क्षति हुनबाट जोगियो”, कार्कीले भन्नुभयो ।
महानगरले ऐतिहासिक ढुङ्गेधारा संरक्षण गर्ने
काठमाडौँ, ६ फागुन (रासस) ः
काठमाडौँ महानगरपालिकाले ऐतिहासिक ढुङ्गेधाराको संरक्षण र भूमिगत पानी पुनःभरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं १५ बाट सुरु गरिसकेको छ ।
उक्त कार्यका लागि कामपाले इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । “सुरुआतमा कामपाको ३२ वटै वडामा कति ढुङ्गेधारा छन्, कतिमा पानी नियमित रुपमा आउँछ, कतिमा आउँदैन, पानी पुनःभरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ, यो अध्ययनको मुख्य उद्देश्य कामपाको सबै ढुढुङ्गेधारामा नियमित रुपमा पानी आउने बनाउनु हो”, प्रवक्ता मानन्धरले भन्नुभयो ।
उहाँका अनुसार ढुङ्गेधारा प्रणालीसँग सहरी विकासको शृङ्खला जोडिएको छ । सहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।
अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ ।
यस्तै प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिने कामपाले जनाएको छ ।
स्मारक तथा अन्य क्षेत्रमा भएका ढुङ्गेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्बिर सङ्ग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिने छ । कामपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी सङ्कलन तथा पुनभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षणसम्बन्धी प्रस्ताव तथा सिफारिस पनि गर्नेछ ।
अध्ययन विशेषगरी कामपको भित्री वडा जहाँ ऐतिहासिक ढुङ्गेधाराको सङ्ख्या बढी रहेको स्थानसहित ३२ वटै वडामा रहेका ती सम्पदाको तथ्याङ्क र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो समय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुङ्गेधाराको संरक्षणको काम भने गरिरहेको छ ।
आगामी दुई वर्षसम्ममा उक्त ऐतिहासिक सम्पदाको अध्ययनको काम सक्ने गरी कामपा र इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य अघि बढाएको हो । जहाँ विशेषत काठमाडौँका ढुङ्गेधारा र भूमिगत पानी पुनस्र्थापनाका लागि अध्ययन हुन्छ । विगतमा ढुङ्गेधाराकै पानीको भरमा काठमाडौँवासी बाचेका भए पनि पछिल्लो समय मानिसको बाक्लो बस्ती र अन्य विभिन्न कारणले गर्दा यसको प्रयोग र महत्व भने घट्दै गएको छ । हाल कामपामा रहेको ढुङ्गेधारा केहीमा मात्रै पानी आउँछन् भने धेरै ढुङ्गेधाराहरुमा संरक्षण र सरसफाइ बिना अलपत्र छन् ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहासिक महत्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आफ्नो छुट्टै पहिचान बोकेको भए पनि यसको संरक्षणमा ध्यान नपुगेको कारण संरक्षण गर्न लागिएको कामपाको जानकारी दिएको छ ।
पानीको अभाव झेलिएको अहिलेको अवस्थामा नगरवासीलाई विभिन्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुङ्गेधारा संरक्षणबाट हुन सक्ने कामपाको विश्वास छ । ढुङ्गेधारा हिजोआज मात्रै विकास भएको इतिहास होइन यसको पछाडिको इतिहास लिच्छविकालसम्म जोडिएको छ । लिच्छवी राजा मानदेवका नाति भारविको पालामा बनेको काठमाडाँैको हाँडीगाउँको ढुङ्गेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ ।
उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौँ उपत्यकाको टोलटोलका रहेको ऐतिहासिक ढुङ्गेधारा लुँहिटी, मरुहिटी, थँहिटी, क्वहिटी, वहहिटी आदि नामले प्रचलित छन् । जुन नेवारी भाषा र संस्कृतिसँग प्रत्यक्ष जोडिएका छन् ।
˗˗˗


