साकेलामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

खोटाङ, ८ फागुन (रासस):साकेला गाउँपालिकामा पालिकास्तरीय पाँचाँै अन्तरमाध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । त्रिहत्तरौैँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको उक्त प्रतियोगिता वडा नं ४ मात्तिमस्थित नौलाखर्क खेलमैदानमा सुरु भएको हो ।

गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले प्रतियोगिता शुभारम्भ गर्दै आफ्नो क्षेत्रभित्र विकासका आयोजनालाई समयभित्रै सक्न र गुणस्तरीय बनाउन पटक–पटक खबरदारी गरिरहेको बताउनुभयो । “खेलकुद क्षेत्रलाई व्यावसायिकरूपमा अघि बढाउन गाउँपालिकाले यस प्रतियोगितालगायत विभिन्न कार्यक्रम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “छनोट भएका खेलाडीलाई जिल्लास्तरमा हुने खेलमा सहभागी हुन पठाइने छ ।”

प्रतियोगितामा विभिन्न छवटा विधाका ५४ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, सटफुट, रिले दौड १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटरलगायत प्रतियोगितामा छात्रछात्रा छात्र तथा छात्राको सहभागिता भएको जनाइएको थियो ।

प्रतियोगितामा १८ वटा इभेन्टमा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने र सबै विद्यामा विजेता विद्यालयलाई रनिङ शिल्ड दिइने भएको छ । प्रतियोगिता सञ्चालन गर्न सङ्घीय खेलकुद मन्त्रालयले रु एक लाख उपलब्ध गराएकामा नपुग रकम गाउँपालिकाले उपलब्ध गराएको थियोे । गाउँपालिकाले प्रतियोगितास्थल आउन–जान तथा अन्य व्यवस्थापन खर्चका लागि दूरीका हिसावले प्रत्येक विद्यालयलाई रु ३० हजारसम्म उपलब्ध गराएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।