माओवादीद्वारा सहिद परिवार तथा एमाले र काँग्रेसका कार्यकर्तालाई सम्मान

विराटनगर । मोरङको पथरीशनिश्चरे—५ भेटघाट चोकमा मंगलबार राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई माओवादी केन्द्रले सम्मान गरेको छ ।

माओवादी केन्द्रको पथरीशनिश्चरे ५ नम्बर वडा समितिले जनयुद्धका सहिद
परिवार र कांग्रेस, एमालेका राजनीतिक परिवर्तनमा योगदान गर्ने
व्यक्तिहरुलाई सम्मान गरेको हो ।

जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूको पत्नि लक्ष्मी
लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वति मगर, हंसिलाल राजवंशीकी बुहारी उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य गीता तिम्सिना, केन्द्रीय
लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर, ५ नं. वडा अध्यक्ष चेतेन्द्र खड्का लगायतको उपस्थितिमा पञ्चायत विरुद्धको आन्दोलनमा कांग्रेस र एमालेबाट योगदान गर्ने वडाबासीहरुलाई पनि सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा दधिराम कुइँकेल, शोभालाल चौकरी, तिलक धिमाल, ईन्द्रबहादुर घिमिरे, गोपाल गन्गाइ, तिलबिक्रम बस्नेत, धनबहादुर लिम्बू लगायत रहेका छन् । कार्यक्रममा मोरङ ३ (क)बाट बिजेता समानुपाति प्रदेश सभा सदस्य गीता तिम्सिनालाई पनि दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।

माओवादी केन्द्र ५ नम्बर वडा समिति अध्यक्ष रिजमान अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीको नगरको सहइन्चार्ज नेत्र पोख्रेल (बिशाल)ले जनयुद्ध वा त्यो भन्दा अघि बलिदान दिने सहिदहरुलाई भुल्दै जाने अवस्था आएकोले परिवारलाई सम्मान गरिएको बताए । पोख्रेलले सहिद सबैको साझा हुने तर्क प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गीता तिम्सिना, संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मागर, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खड्का, माआवादी केन्द्र नगर अध्यक्ष गोबिन्द कटुवाललगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पार्टीको १ नं. प्रदेश समिति सदस्य रञ्जु कटुवाल, नगर
सहइन्चार्ज बालकुमार मगर (विकास) किराती राष्ट्रिय मुक्ति मोर्चा
केन्द्रीय महासचिव अर्जुन किराती, सचिव मान दियाली, नेता मदन पोख्रेल, शिव तिम्सिना, राजकुमार तिरुवालगायतको उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसकै अवसरमा वडाबाट सहिद तथा बेपत्ता परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने वडाबासीलाई सम्मान गरिएको माओवादी केन्द्र नगरका युवा नेता प्रताप लुइटेलले बताए । कार्यक्रममा विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर उपस्थित सहभागीलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

जनयुद्ध कालमा पथरीशनिश्चरे नगरबाट मात्र २२ जना बढीले ज्यान गुमाएका थिए । २८ औं जनयुद्ध दिवसको अवसरमा केही दिनपछि सहिद तथा बेपत्ता परिवारलाई बृहत कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।