पाँचथरमा मोटरसाइकल चोरी गर्ने गिरोहका ८ पक्राउ

पाँचथर, १५ फागुन । पाँचथर प्रहरीले मोटरसाइकल चोरीमा संलग्नको आरोपमा आठजनालाई पक्राउ गरेको छ । पाँचथर र तेह्रथुमको विभिन्न स्थानहरुबाट उनीहरूलाई प्रहरीले पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार चोरीका मोटरसाइकल खरिद गरी पाटपुर्जा परिबर्तन गरेर बिक्री गर्नेलाई समेत पक्राउ गरिएको छ । पत्रकार सम्मेलनमार्फत आज उनीहरुलाई सार्बजनिक गरिएको छ । 

तेह्रथुमको आठराई गाँउपालिका–४  शिवकुमार तामाङ, श्रीप्रसाद तामाङ, पविन इङ्नाम, सुरज पुर्वछाने मगर, वासुदेव तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ हुन । 

यसैगरी, ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाएनमान दियाली, इलामको फाकफोकथुम घर भइ आठराईमा दुग्ध डेरी सञ्चालन गर्ने २७ वर्षीय तारा बराल र पाँचथरको फालेलुङ गाउँपालिका ५ घर भइ फिदिम नगरपालिका १ मा ग्यारेज सञ्चालन गर्ने विरेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आजै प्रहरीले सार्वजनिक समेत गरेको छ ।

उनीहरूलाई जिल्ला अदालत पाँचथरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।