केपिलासगढी गाउँपालिकामा ३७ प्रतिशत वजेट खर्च

खोटाङ, १६ फागुन । खोटाङको केपिलासगढी गाउँपालिकाले सात महिनामा ३७ प्रतिशत वजेट खर्च गरेको छ ।

गाउँपालिकाले माघ मसान्तसम्ममा कूल वजेटको ३७.८२ प्रतिशत वजेट खर्च गरेको हो । गाउँसभा तथा हिउँदे गाउँसभामा गाउँपालिकाको कूल वजेट ४५ करोड ९४ लाख ३४ हजार ७०९ रुपैयाँमध्ये १७ करोड ३७ लाख ६७ हजार ७१४ रुपैयाँ बजेट खर्च भएको जानकारी दिइएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म चालुतर्फ ४५.०८ प्रतिशत र पुँजीगततर्फ २२.७३ प्रतिशत रकम खर्च गरेको लेखापाल राजकुमार खत्रीले जानकारी दिए ।

यस्तै, माघ मसान्तसम्म प्रक्षेपित राजश्वमध्ये ७४.४७ प्रतिशत राजश्व संकलन भएको गाउँपालिकाले जनाएको छ । साउनदेखि माघ मसान्तसम्म गाउँपालिकाले ६७.८३ प्रतिशत योजना सम्झौता गरेको र १०.०५ प्रतिशत योजना फछ्र्यौट गरिसकेको योजना शाखा प्रमुख सन्तोष राईले जानकारी गराए । 

गाउँसभाले बर्खे अधिवेशनपछि प्रदेश सरकारबाट प्राप्त छ वटा र संघीय सरकारबाट प्राप्त तीन वटा कार्यक्रमलाई वार्षिक वजेटमा समावेश गरेको छ । वडाबाट संशोधन भएर आएका सम्पूर्ण कार्यक्रमलाई गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताए । गाउँसभाले केही पालिका स्तरीय कार्यक्रमलाई पनि संशोधन गरेर नयाँ थप कार्यक्रम बनाएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।