केपिलासगढी र टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन

खोटाङ, १६ फागुन ।  खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ । केपिलासगढी गाउँपालिका–१ फेदी र टेम्के मैयुङ गाउँपालिका–१ तिम्मा जोड्ने ‘फेदी–धोद्रे–भोजपुर सडक’ उद्घाटन गरिएको हो । फेदीबाट धोद्रे–भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 

गाउँपालिकाका पुर्वअध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामोचौंरसम्म र भोजपुरतर्फबाट धोद्रेको भालु खोलासम्म सडक बनिसकेको अवस्थामा केपिलासगढी गाउँपालिकाले साँढे १० लाख बजेट खर्च गरेर बीचको बाँकी डेढ किलोमिटर खण्ड खनेर सडकलाई जोडिएको हो ।

उपभोक्ता समितिमार्फत सडक जोड्ने काम पुरा गरिएको हो । भोजपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको सडक बनेसँगै स्थानीय हर्षित भएको फेदीका वडाध्यक्ष निरकुमार राईले बताए । यस सडकले अन्तर जिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीयलाई पूर्वी तराई झर्न दिक्तेल–हलेसी सडकभन्दा छिटो र छोटो वाटो खुलेको छ । ‘फेदी–धोद्रे–भोजपुर सडक’मार्फत झण्डै दुई घण्टामा भोजपुर पुग्न सकिने वातावरण बनेको गाउँपालिका अध्यक्ष राईले बताए ।

सडक उद्घाटन कार्यक्रममा खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राई, सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राई, बासपानीका वडाध्यक्ष तुलाराम राई, वडा सदस्य, स्थानीय लगायतको उपस्थिती रहेको थियो । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।