प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

बेनी, १९ फागुन (रासस) :रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो ।

आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गर्नुभएको थियो । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुग्नुभएका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाउनुभयो । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उहाँले तीन दशक एउटै विद्यालयमा बिताउनुभयो ।

आलमले पढाउन थाल्नुभएपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उहाँले प्रधानाध्यापकको जिम्मेवारीसमेत बहन गर्नुभयो । उहाँ आगामी २०८० असोज ३ गतेदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । आलमको योगदानको कदरगर्दै स्थानीयवासी र पूर्वविद्यार्थीले भव्य सम्मान गरेका छन् ।

विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई रु एक लाखसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ । विद्यालयमा हालै आयोजित एक समारोहमा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले उहाँलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो । “विद्यालयको स्तरवृद्धि गरी शिक्षण पेशाका माध्यमबाट आलमले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो”, अध्यक्ष छन्त्यालले भन्नुभयो ।

सम्मान ग्रहणपश्चात् प्रअ आलमले गाउँलेको अपार मायाले आफूले दुर्गमको दुःख भुलेर शिक्षणमा रमाएरै तीन दशक बिताएको बताउनुभयो । “वर्षौंसम्म पैदल हिँडेर पहाडको स्कुलमा आउने गथ्र्यांै, केही वर्षअघि मात्रै यहाँको गाउँमा मोटरबाटो आएको हो, बेनीदेखि यहाँ आउन हिजोका दिनमा निकै दुःख थियो, विद्यार्थीर अभिभावकको स्नेह र आत्मीयताले मलाई यो स्कुल छाडेर हिँड्न मनै लागेन”, आलमले भन्नुभयो ।

विद्यालय सञ्चालनमा देश तथा विदेशमा रहेका मल्कबाङवासीले गर्ने सकारात्मक सहयोग र योगदानले आफू प्रभावित बनेको उहाँले अनुभव सुनाउनुभयो । दुर्गम विद्यालयमा राज्यको ध्यान र पहुँच कम पुग्ने भए पनि समुदायको अग्रसरता र क्रियाशीलताले विद्यालय सञ्चालनमा ठूलो योगदान पुगेको उहाँको भनाइ छ ।

विद्यालयमा निजी शिक्षकको रुपमा कार्यरत रहेको दुई वर्षमा अस्थायी सरकारी कोटामा नाम निकालेर अन्यत्रको विद्यालयमा पदस्थापना भएपछि आलमलाई गाउँलेले शिक्षा कार्यालयमा धर्ना दिएर मन्त्रालयसम्म पुगेर विद्यालयमा मावि दरबन्दी थप गेर पुनः विद्यालयमै फर्काएका थिए । विसं २०५३ सालमा परीक्षा दिएर २०६० सालमा नजिता प्रकाशन भएको शिक्षक सेवा आयोगकको माध्यमिक तह तृतीय श्रेणी पदमा उत्तीर्ण भएर स्थायी शिक्षक सेवामा प्रवेश गर्नुभएका आलम २०६७ मा माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुभएको थियो । आलमको परिवार भने रौटहटमै बस्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।