उद्धार गरिएको हुचिल वनमा छोडियो

मलेखु, २१ फागुन (रासस) ःधादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन् । डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार ती पंक्षी वनमा छोडिदिएको हो ।

अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले यही फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो । हुचिल बोकेर हिँड्ने मकवानपुरको थाहा नगरपालिका–१२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं ५ का विनोद लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । हुचिल जादुगर चरोको उपनामले परिचित छ । करिब ६० वर्ष आयु हुने हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्गाले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरु बताउँछन् ।

तर यसको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइको छ । हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला तस्करको हातबाट उद्धार गरिएको हुचिल जङ्गलमा छोडिनुने यसको संरक्षणमा सकारात्मक सन्देश पुग्ने नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताउनुभयो । हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।