सामूहिक लगानीमा सूर्यमुखी फूलखेती

घोराही, २८ फागुन (रासस) : दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो ।

कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताउनुभयो । “अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् । यहाँ अवलोकनका लागि आउनेलाई निःशुल्क प्रवेश दिएका छौँ”, उहाँले भन्नुभयो ।

तोरी खेती गर्दा बढी मेहनत लाग्ने तथा फूल फूल्ने समयमा तुसारो लागेर फल नलाग्ने भएकाले यहाँका किसान सूर्यमुखीको खेतीप्रति आकर्षित हुन थालेका केसीको भनाइ छ । “यो पहिलो पटकको प्रयास भएकाले विस्तारै खेतीका लागि क्षेत्रफल बढाउने योजना छ”, उहाँले भन्नुभयो ।

परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्ष चार बिघामा लगाएको छ । लगानी र मेहनत कम लाग्ने र आम्दानी पर्याप्त गर्न सकिने भएकाले सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गरिएको केसीले बताउनुभयो ।

यसभित्र तोरी पनि लगाउन मिल्ने भएकाले तोरीसमेत उत्पादन गरिरहेको उहाँले बताउनुभयो । केसीसहित यस व्यवसायमा मुमानसिङ खड्का, नारद पोख्रेल, हिमाल खड्का र पदम रिजाल हुनुहुन्छ ।

पाँच महिनाअघि रू पाँच हजार लगानी गरी व्यवसाय सुरु गरिएको हो । सूर्यमुखी फूल खेतीभित्र अन्य बाली लगाउन सकिने, कम लगानी र मेहनतमा व्यावसायिक उत्पादन गर्न सकिने कृषि प्राविधिक बताउँछन् । बीउबाट तेल उत्पादन गरी पर्याप्त आम्दानी गर्नुका साथै यसको डाँठलाई दाउराका रुपमा प्रयोग पनि गर्न सकिन्छ । सूर्यमुखी फूललाई बाह्रै महिना फुलाउन सकिने भएकाले यसबाट उत्पादन बढाउन सकिने विज्ञको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।