लालबहादुर धामी अर्थात् ‘अछामी बड्डो’

शेरबहादुर सिंह/महेन्द्रनगर, २९ फागुन (रासस): उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्ला केही वर्षमा भने निकै चर्चामा हुनुहुन्छ । देउडा गीत मार्फत सबैको मनमा बस्न सफल हुनुभएको छ, लालबहादुर धामी आर्थात् ‘अछामी बड्डो’ । पछिल्लो समय धामीलाई मेला÷महोत्सवमा पुग्न भ्याइनभ्याइ छ ।

सुरुआतमा ‘लालबहादुर धामी’कै रुपमा उहाँले आफूलाई देउडा गायनमा समिर्पित गर्नुभएको थियो । आठ वर्षयता भने ‘अछामी बड्डा’का रुपमा धामी परिचित हुनुहुन्छ । उहाँको ब्यस्तता बढ्दै गएको छ । सुदूरपश्चिममा लाग्ने मेला र महोत्सवमा धामीको माग धेरै छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का धामीले चार महिनामा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ७० मेला तथा महोत्सवमा आफ्नो प्रस्तुति दिनुभयो ।

बजारमा ल्याएको ‘यो अछामी बड्डो’ बोलको देउडा गीतले धामीको चर्चा चुलिएको हो । देउडा गायनमा उहाँ सदाबहारको सूचीमा रहन सफल हुनुभएको छ । ‘अछामी बड्डो’ यूटुब, टिकटक लगायत सामाजिक सञ्जालमा पनि सो गीत अत्यधिकले मन पराएका छन् ।

“विसं २०५५ देखि जन्मभूमि अछामबाट देउडा गुनगुनाउन थालेको हुँ”, गायक धामीले भन्नुभयो–“विसं २०७२ मा अछामी बड्डोका रुपमा देउडाका पारखीमाझँ परिचित हुने अवसर मिल्यो ।” उहाँले तीन सयको हाराहारीमा देउडा गीत बजारमा ल्याइसक्नुभएको छ । धामीले पछिल्लो समय ५० भन्दा बढी गीत आफ्नै लगानीमा बजारमा ल्याउनुभएको छ । ‘यो अछामी बड्डो’ देउडा गीतले सुदूरपश्चिम, कर्णाली मात्र होइन अरु ठाउँमा पनि चर्चामा छ ।

गायक धामीले भन्नुभयो–“भारतको मुम्बइदेखि कर्णालीका बस्तीसम्म देउडा गीत गाउन बोलाउने धेरै छन् ।” आठ बर्षअघि महेन्द्रनगरको स्थानीय रेडियोमा ‘भुटनभाटन’ हाँस्यव्यङ्ग्य कार्यक्रम प्रस्तोताका रुपमा धामी सुदूरपश्चिमका युवा पुस्तालाई देउडाप्रति आकर्षित गर्न अघि सफल हुनुभएको हो ।

“स्टेजबाट देउडा गाउन थालेपछि हेर्न आउने युवा दर्शक पनि लामबद्ध भएर पाइलामा पाइला मिलाएर नाच्दा मन आनन्दित हुन्छ ।” उहाँले भन्नुभयो–“ देउडा गाउनुसँगै युवा पुस्तालाई पनि हस्तान्तरण गरी जुगसम्म जोगाउनु आजको आवश्यकता हो ।” पछिल्लो समय भाइरल हुनकै लागि गीत सङ्गीतमा लालायित हुनेहुनेबीच देउडामा पाइला मिलाउने पङ्क्ति सुदूरपश्चिममा बढिरहेको उहाँको भनाइ छ ।

“कलाकार मात्रै भएर हुँदैन्, सबै सरोकारवाला निकायले देउडा जोगाउन हातेमालो गर्नु आवश्यक छ ।” धामीले भन्नुभयो–“देउडा गीतलाई बजारमा चर्चा बटुल्नकै लागि प्रस्तुत गर्नु हुँदैन, यसतर्फ देउडा गायक तथा कलाकार सचेत हुन जरुरी छ ।” देउडा सुदूरपश्चिमको पहिचान भएको उहाँको भनाइ छ । कलाकारितामा आवद्ध हुनेको आर्थिक अवस्था भने नाजुक रहेको धामी बताउनुहुन्छ ।

“कलाकार बिरामी भयो भने आर्थिक अवस्थाकै कारण उपचार नपाउने अवस्था छ, त्यसैले कलाकार अक्षयकोष स्थापना गरेँ”, कञ्चनपुर लोक दोहोरी गित प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका धामीले भन्नुभयो–“बिरामी हुँदा उपचार नपाउनेस्थिति नआओस भनेर कोष स्थापना गरी रकम जम्मा गर्न थालेका छौँं ।” धामीले केही दिनअघि आफूले मेला–महोत्सवमा पाउने पारिश्रमिकको तीन प्रतिशत रकम अक्षयकोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

“आयोजकले सुदूरपश्चिमका मेला महोत्सवमा देउडा गाउन अनिवार्य बोलाउने गरेका छन्”, धामीले भन्नुभयो–“तराई÷पहाडमा देउडाको क्रेज बढ्दो छ ।” धामीले गाउनुभएका ‘डोटीकी छो¥याट्टी’, ‘बड्डो आयो डिजेमा’, ‘ओ मेरा मुसुरकी दाल’, ‘कैले तु छाउ हुदी’लगायत देउडा गीत निकै चर्चित छन् ।

“पहिले अडियो गीत मात्रै भए पनि चल्थ्यो, अहिले अडियोसँगै श्रव्यदृश्य पनि अनिर्वाय जस्तै बनिसक्यो”, उहाँ भन्नुहुन्छ । धामीलाई पछिल्लो समय लालबहादुर भन्दा पनि ‘अछामी बड्डो’को नामले बढी चिन्ने गर्छन् । उहाँले अझै पनि सुदूरपश्चिमका कलाकारले गीत रेकर्डिङका लागि काठमाडाँै धाउनुपर्ने अवस्था कायमै रहेको बताउनुभयो । “धनगढी र महेन्द्रनगरमा गीत रेकर्ड नहुँने होइन, तर स्तरीय रेकर्डीङका लागि काठमाडाँै नै धाउनुपर्ने अवस्था छ”, देउडा गायक धामीले भन्नुभयो
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।