माछा मार्न गएका लिम्बुकाे पोखरीमा डुबेर मृ’त्यु
झापा । झापाको भद्रपुर नगरपालिका–३ भैंसाबाडीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर एकको मृ’त्यु भएको छ ।भद्रपुर नगरपालिका–१ का ४० वर्षीय रामकुमार लिम्बूको पोखरीमा डुबेर मृ’त्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार पोखरीमा माछा मा’र्ने क्रममा लिम्बु बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ स्थानीय र इलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले पोखरीमा खोजतालास गर्दा लिम्बूलाई मृ’त अवस्थामा फेला पारेका थिए ।
मृ’त अवस्थामा फेला परेका लिम्बूको प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमपश्चात् शव आफन्तलाई जिम्मा बुझाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको रिजालले जानकारी दिए ।
साप्सुखोला–विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही
खोटाङ, ३० फागुन (रासस) :खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ ।
नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ । विसं २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाअन्तर्गत हाल ट्याङ्की निर्माण र पानी वितरण लाइनको भइरहेको छ । निर्माणाधीन अवस्थामै ट्याङ्की चर्किएका छन् भने पाइप लाइनको काम पनि मापदण्डविपरीत भएको निरीक्षणका क्रममा देखिएको छ ।
स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्याङ्की भत्किन थालेको छ । ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताउनुभयो । सम्झौताविपरित निर्माणको काम भइरहेको पाइएको छ । विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँच सय २३ परिवार लाभान्वित हुनेछन् । ठकेदार र उपभोक्ता समितिको लापरबाहीका कारण गणस्तरीय काम नभएको स्थानीय युवराज कार्कीले बताउनुभयो । गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । आयोजनाको काम गुणस्तरीय कायम गराउन आफू निरन्तर लागिपरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सरोज राईको भनाइ छ ।


