छाडा चौपायाको व्यवस्थापन

त्रिवेणी, ९ चैत (रासस) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताउनुभयो । देवचुली–१० लोकाहा नदी किनारमा छाडा चौपायाको व्यवस्थापन गर्न लागिएको छ । सो क्षेत्रमा तारबार गरी छाडा चौपायालाई राखिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरी लोकाहामा राख्न थालिएको न्यौपानेले बताउनुभयो ।

नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई एकत्रित गरिएको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताउनुभयो । केही गाई नगरपालिकालाई राजस्व तिरेर चितवनस्थित एक फार्मले लगेको छ । अहिले करिब ४० गाई व्यवस्थापन केन्द्रमा छन् । नगरपालिकाले गाईको आहाराका लागि पराल खरिद गर्ने गरको छ ।

छाडा चौपाया रेखदेख गर्न हेरालुको व्यवस्था गरिएको वडाध्यक्ष घर्तीले बताउनुभयो । आहाराको व्यवस्थापन गर्न समस्या भएको उहाँको भनाइ छ । नगरभित्रका गाईबाहेक अन्य ल्याउन नपाइने रेखदेखमा खटिनुभएका नारायण श्रेष्ठले बताउनुभयो । स्थानीयले गाई यहाँ ल्याएर राख्न खोज्दा व्यवस्थापन गर्न गाह्रो भएको छ । “गाई राख्छ भनेर थाहा पाएपछि कतिपयले घरमा पालेको समेत ल्याएर छाड्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।