लेक पुगे भेँडाका बथान

लमजुङ, १० चैत (रासस) : यहाँका भेँडीगोठमा रहेका भेँडाका बथान यतिबेला पुनः लेक पुगेका छन् । चिसो छल्न बेँसी ल्याइएका घुम्ती भेँडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली भेग पुगेका हुन् ।

यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पु¥याएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लामा तीन सयभन्दा बढी घुम्ती भेँडीगोठ रहेको र अधिकांश भेँडीगोठ लेक तथा हिमाली भेगमा पुगिसकेका छन् ।

सिउरुङ, घलेगाउँ, भुजुङ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेँडीगोठ छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौँली पेसा तथा चलनका रुपमा भेडीगोठलाई हेरिन्छ । भेँडीगोठ बर्सेनि छ महिना लेक र छ महिना बेँसीमा राख्ने गरिन्छ ।

लमजुङका भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायत ठाउँसम्म पुग्ने गरेको भेँडीगोठालाको भनाइ छ । पसगाउँको भेँडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेँडीगोठ लके थुर्जु नजिकै पुगेको छ । अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दीर्घराज घलेले बताउनुभयो ।

उहाँका अनुसार घलेगाउँको दुई भेँडीगोठ रहेका छन् । ती भेँडीगोठ वैशाख लागेपछि लेक जाने भएका छन् । यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठूले लेकमा पुग्ने गर्दछन् । दोर्दी गाउँपालिकामा करिब आठ घुम्ती भेँडीगोठ रहेका छन् । अधिकांश भेँडीगोठ बेँसीबाट यतिबेला इलमपोखरी पुगिसकेको पालिकाको पशुपन्छी शाखाका कर्मचारी पवन रेग्मीले बताउनुभयो ।

बेँसीमा रहेको बेलामा भँेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन् । वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको प्रतिकिलो रु तीन सय मूल्य रहेको छ । त्यस्तै वार्षिक एक सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुने गरेको बताइएको छ ।

मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु एक सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार दुई सय मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको छ । जिल्लामा रहेका अधिकांश गुरुङ बस्तीका समुदायमा अझै पनि भेँडाको ऊनबाट विभिन्न सामग्री बनाएर बिक्री वितरण गर्ने तथा प्रयोग गर्ने प्रचलन कायम छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।