लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय

डुम्रे, १२ चैत (रासस) : पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ ।

बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्नुहुन्छ, “बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।” सर्वजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत बढिरहेको उहाँ बताउनुहुन्छ ।

पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरेको उहाँको भनाइ छ । त्यस्तै बन्दीपुरका पर्यटन व्यवसायी काशीनाथ गुरुङ भन्नुहुन्छ, “पहिले–पहिले पर्यटक धेरै आउँथे, फुर्सद नै थिएन ।”

अहिले यहाँ पर्यटक कम मात्रामा आउने गरेको व्यवसायी गुरुङ बताउनुहुन्छ । “दुई वर्ष कोरोनाले पर्यटक नै शून्य भए, अहिले सिजन हो, आउनुपर्ने जति पर्यटक बन्दीपुर आउन सकेका छैनन्”, उहाँ भन्नुहुन्छ, “राजमार्ग विस्तार गर्ने क्रममा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सडकमार्गको यात्रामा समस्या हुँदा पर्यटक घटेको अनुभव गरेका छौँ ।”
सहज यात्रा चाहने पर्यटक हवाईमार्फत सिधा पोखरा जाने गर्दा यहाँ आउने विदेशी पर्यटक घटेका उहाँको भनाइ छ । अहिले विदेशी पर्यटक ‘प्याकेज’मा मात्रै आउने गरेको बन्दीपुर पर्यटन बोर्डका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ । “दुई वर्ष अगाडि प्याकेजबिना पनि पर्यटक आउने गर्दथे, तर अहिले प्याकेजमा मात्रै आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

यस वर्ष सडक विस्तारले पनि केही समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सहज नबन्दा पनि बेसिजनमा आउने पर्यटक भने पक्कै घटेका छन्, राजमार्ग विस्तार सकिएपछि अझै पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

उहाँका अनुसार अहिले प्याकेजमा भने दैनिक २० देखि २५ विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेका छन् । “सिजन तथा बेसिजनमा विदेशी पर्यटक बन्दीपुरमा जतिबेला पनि देखिन्थ्यो, अहिले प्याकेजमा मात्रै आउने गरेका छन्, यसले बन्दीपुरको व्यवसाय पनि घटेको प्रत्यक्ष देखिन्छ”, अध्यक्ष प्रधानले भन्नुभयो ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको बन्दीपुर पर्यटन बोर्डका पूर्वअध्यक्ष एवं होटल व्यवसायी वैश गुरुङ बताउनुहुन्छ ।

परम्परागत पुराना घर, यहाँको रहनसहन, स्वागत–सम्मान, ढुङ्गाले बिछ्याएको बाटोघाटोले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ ।

विगत दुई वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको हो । बन्दीपुर घुम्न आएका अधिकांश पर्यटक उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । बन्दीपुरमा अझै पर्यटक वृद्धिका लागि संरचना निर्माणलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।

कुल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजना छ ।

विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’को नामकरण गरिएको हो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ आउन आकर्षित हुने गर्दछन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।