ईलामका लिम्बु ब्रा’उनसु’गर सहित पक्राउ
झापा,चैत्र १३ । झापाको बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट ला’गुऔ’षध ब्रा’उनसु’गर सहित १ जनालाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाँउपालिका-४ ईलामका २७ बर्षीय सुरेश लिम्बुलाई १६ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्रा’उनसु’गर सहित बिर्ताबजार सडक खण्डबाट पक्राउ गरेको हो ।
ला’गुऔ’षध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यो पनि…
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडौँ, १३ चैत (रासस) ः सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।


