ज्यानको बाजी राखी यसरी ओसारिन्छ चेफामा बांस (भिडियो सहित)

धनकुटा । पानी संग खेल्नु आफैमा जोखिमपुर्ण हुन्छ । सामान संगै बिना साधन नदिमा यात्रा गर्नु त झनै जोखिमपुर्ण हुन्छ तर पनि जोखिमको कुनै प्रबाह नगरी सप्तकोशी नदिका सहायक नदिवाट स्थानियले बर्षेनी पानीनै पानीको लामो यात्रा तय गरी चेफामा बास ओसार्ने गरेका छन् ।

कोशि आसपासका बासिन्दा जोखिम मोलेर नदि बाटै बास ओसारै धरैको जिबिकोपार्जन हुने गरेको छ । यसरी ओसारीने बाँसलाइ चेफाको बास भनिन्छ । त्यहि चेफाको बाँस सप्तकोशिका सहायक नदि सुनकोशी अरुण र तमोर हुदै धनकुटा भोजपुर उदयपुर लगायतका क्षेत्रवाट सप्तकोशी नदि हुदै तराइ पुर्याइने गरिन्छ । यो नदि मार्फत बर्षेनी हजारौ घना बास सुनसरीको चतारा पुर्याउने गरिएको छ । अनि चतारा वाट ब्यापारीले धरान इटहरी बिराटनगर लगायतका सहममा पुर्याएर बिक्रि गर्ने गरेको स्थानिय मोती चन्द्र राई बताउनु हुन्छ ।

एक पटकमा बास आसार्दा बासको घनाको आधारमा १५ हजार सम्म आम्दानी हुन्छ । स्थानियले त्यहि १५ हजारको लागि उनिहरुले आफ्नो ज्याननै दाउमा राखेका हुन्छन् । नदिमा ठुला ढुङ्गा तथा भङ्गालो छन् ।

बास बोकेको चेफा दुर्घटना भइहालेमा पैडिनु बाहेक उहाहरु संग अन्य कुनै आफुलाइ सुरक्षित गर्ने उपाय र उपकरण समेत हुदैन तर असहज स्थानमा दुर्घटना हुने भएकाले पौडिएर बाच्ने सम्भाबनी न्युन हुन्छ ।वाँस चेफामार्फत ओसारीने स्थानका बासिन्दाको एक महत्तपुर्ण आम्दानीको स्रोत हो । बास बिक्न थाले देखिनै यी स्थान वाट चेफा मार्फत बास ओसार्न सुरु भएको स्थानियको भनाई छ । गाँउगाँउमा सडक निर्माण भई यातायात सञ्चालनमा आएपनि नदि किनारका क्षेत्रमा बास ओसार्न भने चेफानै प्रयोग हुने गरेका छ ।

यातायातका साधनमा भन्दा सस्तो पर्ने तथा ओसार्न सहज हुने भएकाले चेफाको लोकप्रियता कम नभएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।