भोजपुरका पर्यटकीय क्षेत्रमा पर्यटकको घुइँचो

भोजपुर, १ वैशाख (रासस) ः
नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् ।

यो सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित स्थान हो । सडकको सञ्जाल जोडिएपछि टेम्केमैयुङ चखेवा र टेम्के डाँडामा पनि मानिस नयाँ वर्ष मनाउन पुगेका छन् । प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक सुन्तले पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकाम र दिङ्ला सडकखण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तब्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।

सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ । यी क्षेत्रको स्थानीय तहहरुले पनि पर्यटीकय क्षेत्रको रुपमा विकास गरिरहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ । सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवा भञ्ज्याङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर यहाँ भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ ।

खास गरेर यहाँ राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम वनको छ । यहाँ आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आउनुभएका गणेश तामाङले बताउनुभयो । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ ।

“नयाँ वर्षको अवसरमा पर्यटक बढेका छन्”, उहाँले भन्नुभयो, “नयाँ वर्षमा यहाँ बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका छन् । खास गरेर यहाँको मनोरम दृश्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ”, प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले पुग्ने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटक आए भने व्यवस्थापनमा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन झन बढ्ने तामाङको भनाइ छ । लोकल कखुरा र कोदोको ढिडो तोङ्वा, सुकुटी तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक रुचाउने गरेका छन् । पर्यटकलाई लक्षित गरेर घोडा चडेर (हर्ष राइडिङ) घुम्ने व्यवस्थासमेत गरिएको छ । घोडा चडेर आनन्द लिन पनि पर्यटक पुग्ने गरेका छन् ।

यहाँ धूपी, चाइनिज गुलाफ, चाँप, लालीगुराँसलगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।