दानदाताको सहयोगले चल्छन् संस्कृत गुरुकुल

मिला दरै/डुम्रे, २ वैशाख (रासस) : राष्ट्रियता, मानवता र विश्वबन्धुत्वको विकासका लागि सनातन धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण, संवर्द्धन तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले तनहुँको देवघाटधाममा गुरुकुल सञ्चालित छन् ।

वटुकलाई सनातन धर्म, संस्कार र संस्कृतिका बारेमा ज्ञान दिने उद्देश्यले यहाँ सातवटा गुरुकुल सञ्चालित छन् । यहाँका सबै गुरुकुल दाताको सहयोग र मुठ्ठीदानको भरमा छन् । देवघाटधाममा नानीका लागि तीन र बाबुका लागि चार गुरुकुल छन् । यहाँ तनहुँ, चितवन र नवलपुरका बटुक अध्ययनरत छन् ।

तनहुँमा वटुकका लागि महेश सन्यास आश्रमद्वारा सञ्चालित मेहश संस्कृत गुरुकुल, गलेश्वर आश्रमले सञ्चालन गरेको वेदवेदाङ्ग संस्कृत गुरुकुल, हरिहर आश्रमले सञ्चालन गरेको परमानन्द संस्कृत गुरुकुल र माताजीले सञ्चालन गरेको माँ कल्याणी गुरुकुल छन् ।

गुरुकुलमा करिब सात सय वटुक अध्ययनरत रहेको महेश सन्यास आश्रमका व्यवस्थापक सन्तोष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक गुरुकुलमा करिब दुई सय २५ देखि ७५ सम्म वटुक अध्ययनरत छन् । “नानीका लागि सञ्चालित गुरुकुलमा करिब ५० बटुक छन्, नानीहरूको गुरुकुलमा कक्षा ८ सम्म अध्ययन हुन्छ, कक्षा वृद्धि गर्दै लैजाने गरी सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । महेश गुरुकुलमा शास्त्री र आचार्य ९स्नातक र स्नातकोत्तर०, परमानन्द गुरुकुलमा शास्त्रीसम्म अध्यापन भइरहेकामा आचार्यसम्मको पठनपाठन सुरुआत गर्ने तयारी भइरहेको गरेको उहाँले बताउनुभयो ।

वेदवेदाङ्गमा यसअघि कक्षा १० सम्म अध्ययन हुने गरेकामा अहिले शास्त्रीसम्मको अध्यापन सुरु गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरी परीक्षामा सहभागी गराउँदै आएको व्यवस्थापक गिरीले बताउनुभयो । शास्त्री तथा आचार्यका लागि नेपाल संस्कृत विश्वविद्यालय दाङबाट सम्बन्धन प्राप्त गरी अध्यापन भइरहेको उहाँको भनाइ थियो ।

“सबै गुरुकुल एउटै प्रकृतिका छन्, आवासीयसहित वटुकलाई अध्ययनको व्यवस्थापन गरिएको छ”, व्यवस्थापक गिरीले भन्नुभयो, “आर्थिक व्यवस्थापन गर्न समस्या छ, दानदाताको भरमा यहाँका आश्रम तथा गुरुकुल सञ्चालित छन् ।” उहाँका अनुसार यहाँका सबै गुरुकुल मुठ्ठीदानको भरमा सञ्चालित छन् ।

गुरुकुल नियमित सञ्चालन र भौतिक विकास गरी दुई पाटोमा विभाजन गरी व्यवस्थापन गरिएको छ । नियमित सञ्चालनतर्फ गुरु र कर्मचारीलाई तलब, वटुकलाई खान र शिक्षाका लागि खर्च छुट्टाइन्छ ।

“दातालाई फरक तवरबाट व्यवस्थित गरिएको छ, अन्नदाता, शिक्षाका लागि दान गर्न चाहने व्यक्तिलाई एक वर्षमा एक जना वटुकका निम्ति सहयोग गर्न अपिल गर्ने तथा अन्य सहयोग सङ्कलन गर्ने अभियानमार्फत गुरुकुल सञ्चालन गरेका छौँ”, गिरीले भन्नुभयो । विभिन्न स्थानमा गएर गुरुकुलको प्रचार–प्रसार गरी अन्नदाता र शैक्षिकदाता सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो ।

शैक्षिकदातासँग वार्षिकरूपमा प्रतिवटुकलाई लाग्ने रू १२ हजार वार्षिक तिथि, जन्मदिनको अवसरलगायतमा सहयोग गर्न आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो । विश्वविद्यालयबाट महेश संस्कृत गुरुकुलका लागि तीन जना गुरु प्राध्यापनमा आउनुभएको व्यवस्थापक गिरीले जानकारी दिनुभयो ।

भौतिक विकासका लागि भूमि दान महाअभियान सञ्चालन गरिएको छ । दानदातासँग सहयोगको अपिल गरेर नै भौतिक विकास अगाडि बढिरहेको गुरुकुलले जनाएको छ । दानदाताको भरमा गुरुकुल सञ्चालन भइरहेको वेदवेदाङ्ग संस्कृत गुरुकुलका प्राचार्य नन्दप्रसादले बताउनुभयो । त्रिवेणीधामको रूपमा रहेकाले यहाँ सञ्चालित गुरुकुललाई सहयोग प्राप्त हुने गरेको उहाँको भनाइ थियो । देवघाटधाममा आउने भक्तजनले संस्कृत गुरुकुललाई बढी सहयोग गर्ने नन्दप्रसादको भनाइ थियो ।

महेश संस्कृत गुरुकुलमा कक्षा ९ मा अध्ययनरत वटुक समीर न्यौपाने नुवाकोटबाट संस्कृत विद्या हासिल गरी हिन्दू धर्म, संस्कार र संस्कृतिलाई जीवन्त राख्न प्रेरित भएको बताउनुहुन्छ । “विद्यालयमा अध्ययनकै क्रममा काठमाडौँ भ्रमण जाँदा गुरुकुलमा पुगेपछि संस्कृत अध्ययनतर्फ आकर्षित भएको हुँ, परिवारबाट पनि संस्कृत अध्ययन गर्न प्रेरित गरिरहनुभएको थियो, यहाँ आएपछि थप आकर्षित भएँ र अध्ययनका लागि आएको हुँ”, न्यौपानेले भन्नुभयो ।

बर्दियाबाट आएर महेश संस्कृत गुरुकुलमा कक्षा १२ मा अध्ययनरत वटुक प्रभात रिजालले संस्कृत भन्नेबित्तिकै अपनत्व लागेर अध्ययन गरिरहेको बताउनुभयो । “संस्कृत विषय आफ्नो विषय जस्तो लाग्छ, संस्कृतले धर्म, संस्कार र संस्कृतिसँग जोडेको पाएँ, अध्ययनकै क्रममा संस्कृत विषय अझ बृहत् रहेछ भनेर बुझेँ, अनुसन्धानात्मक रूपमा अध्ययनरत छु”, उहाँले भन्नुभयो ।

महेश संस्कृत गुरुकुलका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले भन्नुभयो, “न्याय हराए गोर्खा जानु, विद्या हराए कासी जानु भन्ने गर्दथ्र्यौँ, अहिले त्यो कथन फेरिएको छ, विद्या हराए देवघाट जानु भन्ने प्रचलन बढेको छ ।” अहिले वार्षिक एक जना बटुक भारतबाट संस्कृत अध्ययनका लागि यहाँ आउने गरेका उहाँले बताउनुभयो । “विद्या चाहिए देवघाट आउनु भन्ने गरेका छौँ, कासी, बनारस, भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकका बालबालिका यहाँ संस्कृत अध्ययनका लागि आउने गरेका छन्”, उहाँको भनाइ थियो । देवघाटधाममा सञ्चालित गुरुकुल पवित्रस्थलमा रहेकाले पनि यहाँको गुरुकुलमा भारतबाट वटुक संस्कृत शिक्षा लिन आउने गरेका हुन् ।

महेश संस्कृत गुरुकुलबाट विद्यावारिधि गरेका प्रचार्य नेपालका त्रिविवि, शिक्षण पेसामा आबद्ध छन् भने भारतलगायत विभिन्न देशमा संस्कृत तथा नेपाल भाषा अध्यापनमा सम्बद्ध रहेका गुरुकुलले जनाएको छ ।

गुरुकुललाई मुलधारको शिक्षा होइन कि भन्ने वटुकमा नकारात्मक सन्देश प्रवाह नहोस् भनेर महेश संस्कृत गुरुकुलले कक्षागतरूपमा अध्यापन गरिरहेको व्यवस्थापक गिरीले बताउनुभयो । “धार्मिक शिक्षाका लागि प्रदेश सरकारबाट हुने सहयोग भने लिइरहेका छौँ”, उहाँले भन्नुभयो ।

संस्कृत शिक्षालाई परिस्कृत र संरक्षण गरिरहनका लागि सरकारले रुचि राख्नेमा वटुकलाई सहज हुने गरी अध्ययनको व्यवस्थापन गर्न सकिने गुरुकुलको भनाइ छ । संस्कृत विषयको छुट्टै नभई मूलधारकै विषय भएको महसुस गराउन आवश्यक रहेको प्रधानाचार्य पौडेलले बताउनुभयो । आधुनिक शिक्षासँगै संस्कृत शिक्षामा रुचि राख्ने बालबालिकालाई अध्ययनका लागि सरकारबाटै उचित व्यवस्थापन भए गुरुकुलमा बसेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।