खोटाङको बुइपाको उद्यानमा राखिने निर्माणाधीन किराँत राजा यलम्बरको शालिक

खोटाङको बुइपाको उद्यानमा राखिने किराँत राजा यलम्बरको १०० फिट अग्लो शालिक भक्तपुरको निकोसेरामा निर्माण गर्दै कालिगढ । करिब रु चार करोडको लागतमा तयार हुने शालिक निर्माणमा एक वर्षदेखि दैनिक १५ जना कलिगढ संलग्न रहेको जानकारी दिइएको छ । तस्बिरः नारायण न्यौपाने/रासस

लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह विजेता
काठमाडौँ, १४ वैशाख ( रासस) :
एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितमा नेपाल समूह ‘ए’ को समूह विजेता सेमिफाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समुह ‘ए’ को विजेता बन्न सफल भयो ।

नेपाल समूह चरणमा अपराजित रह्यो । जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।

आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५÷१५ रन जोडए भने अमिर फरिकले १४ रन बनाए ।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए भने सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियोे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ शेखले ११÷११ रन बनाए ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन÷तीन विकेट लिए भने गयान मुनवाराले दुई विकेट लिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।