इलाममा टि टेस्टिङ, प्रतिकेजी रु १० हजार चिया बिक्री

मंगलबारे, १७ वैशाख (रासस) : सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् ।

शनिबार २७औँ चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा पर्यटकीय क्षेत्र अन्तुमा ‘टि टेस्टिङ’ गरिएको हो । टि टेस्टिङमा भारत, जापान, चीन र अमेरिकालगायतका देशका चिया व्यवसायीको उपस्थिति थियो । चिया टेस्टिङका अवसरमा व्यवसायीले चिया खरिद समेत गरेका थिए ।

नेपालमा पहिलो पटक लिलामीमार्फत अर्थोडक्स चिया बिक्री गरिएको छ । इलामको कन्याममा ‘डेमो अक्सन’मार्फत प्रतिकेजी रु १० हजारमा चिया बिक्री भएको हो । एकजना अमेरिकी नागरिकले प्रतिकेजी रु १० हजारका दरले ‘अर्थोडक्स ब्ल्याक टी’ खरिद गर्नु भएको हो । अमेरिकी नागरिक जेनीले लिलाम बढाबढमा पाँच केजी अर्थोडक्स चिया रु ५० हजारमा खरिद गर्नुभएको हो ।

सूर्योदय चिया उत्पादक सङ्घले उत्पादन गरेको चिया किसानले प्रतिकेजी रु एक हजार मूल्य तोकेका थिए । उक्त मूल्यमा अमेरिका, चीन, जापान र रुसका खरिदकर्ताले मोल बढाबढ गर्दै प्रतिकेजी १० हजारसम्म पु¥याएका थिए ।

‘अर्थोडक्स ग्रीन टी’ प्रतिकेजी रु हजार र ‘अर्थोडक्स ग्रीनिस ब्ल्याक टी’ प्रतिकेजी रु ४ हजारका दरले चिनियाँ खरिदकर्ताले खरिद गरेका थिए । व्यापारीहरुले लिलाम बढाबढ गर्दै चिया किनेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी प्रमुख विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

विश्व बजारमा चिया अक्सनमार्फत खरिद बिक्री हने गरेको छ । नेपाली किसानले उत्पादन गरेको चिया भारतीय बजारमा सस्तो मूल्यमा बिक्रि गर्नु परिरहेको किसानहरुको गुनासो छ । किसानहरुले आफूहरुको चिया सोझै तेस्रो मुलुक नेपाली चिया समेत निर्यात गर्नुपर्ने माग गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।