दिक्तेल रुपाकोट मझुवागढी घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क निर्माण सुरु

खोटाङ, २० वैशाख (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित घुमथलामा हँतोलुङ सांस्कृतिक पार्क (उद्यान) निर्माणको काम सुरु गरिएको छ । सङ्घीय सरकार र नगरपालिकाको संयुक्त रु एक करोड ७२ लाखको लगानीमा पार्क निर्माणको काम सुरु गरिएको हो ।

चालु आर्थिक वर्षमा सङ्घीय सरकार र नगरपालिकाको रु ८० लाख ५० हजार बजेट बराबरको काम गरिने किरात राई चाम्लिङ राखमीहँछा उत्थान समाजका सचिव उद्धव राईले जानकारी दिनुभयो । “भविष्यमा राखमीहँछा पाछाका चाम्लिङ राईको बारेमा अनुसन्धान गर्न अनुसन्धन केन्द्र बनाउने उद्देश्यले पार्क निर्माणको काम सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “निर्माणाधीन पार्कमा हामी चाम्लिङ राई राखमीहँछाको पुर्खा हँतोलुङको पूर्णकदको शालिकसमेत राखिने छ ।”

साँढे १४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने पार्क निर्माणको ठेक्का खोटाङकै महादेव निर्माण सेवा कम्पनीले लिएको र आगामी असार मसान्तसम्ममा यस वर्ष सम्झौता गरिएअनुसारको सबै काम सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

स्थानीय चार जग्गादाताले निःशुल्क उपलब्ध गराएको नौँ रोपनी तथा स्वर्गीय हस्तीमान र कमलमाया राईका चार छोराले किनिदिएको साँढे पाँच रोपनी जग्गामा यसवर्ष हँतोलुङको शालिक, सङ्ग्रहालय र शौचालयको काम हुने सचिव राईले जानकारी दिनुभयो । “सङ्ग्रहालयमा चाम्लिङ राखमीहँछाको जन्मदेखि मृत्युसम्ममा प्रयोग भएका परम्परागत सामान राखिनाका साथै भाषा, संस्कार र संस्कृति झल्काउने हातहातियार, वेषभूषालगायत सामग्री राखिन्छ”, उहाँले भन्नुभयो, “चाम्लिङ राई राखमीहँछाहरुले हँतोलुङलाई पुर्खा मानेर पुज्ने गरेका छन् । उहाँ (हँतोलुङ)को सम्मान र सम्झनाका लागिसमेत पार्क निर्माणको काम सुरु गरिएको हो ।”

पार्क निर्माणका लागि स्थानीयवासी डम्बर विश्वकर्माले एक रोपनी, देवान राई, दीर्घ राई र नीरकुमार राईले तीन÷तीन रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको थियो । यस्तै चन्द्र चाम्लिङ राई, भीम चाम्लिङ राई, ध्रुव चाम्लिङ राई र शैलेन्द्र चाम्लिङ राईले स्वर्गीय बुबाआमा (हस्तीमान र कमलमाया राई)को सम्झनामा चार रोपनी जग्गा किनेर हस्तान्तरण गर्नुभएको सचिव राईले जानकारी दिनुभयो ।

घामथलामा निर्माण सुरु गरिएको पार्क नुनथलास्थित खाम्ला निवासी राखमीहँछा परिवारका अग्रज (पूर्खा) ८७ वर्षीय लक्ष्मीध्वज राई, नगरप्रमुख तीर्थराज भट्टराई र वडाध्यक्ष भगेश्वर राईले सोमबार संयुक्तरुपमा शिलान्यास गर्नुभएको थियो । निर्माणाधीन ‘हँतोलुङ सांस्कृतिक पार्क’ले राखमीहँछा परिवारको संस्कार र सांस्कृति संरक्षणका साथै नगरको पर्यटन प्रवद्र्धनमासमेत सहयोग पुग्ने नगरप्रमुख भट्टराईले बताउनुभयो ।

राखमीहँछा पाछाका चाम्लिङ राईहरुको अहिले हँतोलुङका १३औँ पुस्तामा आइपुगेको र तिनका सन्तान नेपालका विभिन्न २७ जिल्ला र भारतको सिक्कीममासमेत छरिएर बसोबास गरिरहेका बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।