धनकुटामा मुडा व्यापार

आफ्ना घरेलु उद्योगमा निर्मित बाँसको मुडा बिक्री गर्न धनकुटाको हिले–सिंधुवा सडक खण्डमा आइपुगेर गाडीमा भारी लगाएको मुडाहरु मिलाउँदै अर्जुनधारा गाउँपालिका वडा नं १० चारआलीका दावा तामाङ्ग र उनका सहकर्मी । तस्बिर ः नारायण कुमार राई/रासस

सडक मानव मुक्त ‘तुलसीपुर’
तुलसीपुर, २५ वैशाख (रासस) ःहाल तुलसीपुरमा सडक मानव छैनन् । यदि बाहिरबाट आए पनि तत्काल उद्धार गरेर आश्रममा पठाउने गरिएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार हाल तुलसीपुरमा सडक मानव नरहेका जानकारी दिनुभयो ।

तुलसीपुरमा मानव सेवा आश्रममा सबै सडक मानवलाई उद्धार गरेर राख्न थालेपछि यसरी सडक मानव मुक्त भएको हो । संस्थाका शाखा प्रमुख हिरु जोशीका अनुसार वेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २० भन्दा बढीलाई उपचार पछि पुनःस्थापना गरिएको छ । “हामीले ल्याएर उपचार गर्छौं, खाना, वास दिन्छौँ”, उहाँले भन्नुभयो, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०÷२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनर्मिलन पछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उहाँको भनाइ छ ।

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको उहाँले बताउनुभयो । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई÷तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेकोसमेत प्रमुख अधिकारीले बताउनुभयो । वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेको उहाँले बताउनुभयो । उक्त संस्था तुलसीपुरमा गएको वर्ष मङ्सिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगीदातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख जोशीको भनाइ छ । हाल तुलसीपुर शाखामा दुई जना केयर गिभर, भने एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई जना नर्स सहयोग गरेको छ । आश्रमको १६ जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।