ढुङ्गामा नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति

हुम्लाको सिमकोट गाउँपालिका-१ बैजिबाडा गाउँमा रहेको ढुङ्गामा नेपालको नक्सासँग मिल्दोजुल्दो आकृति । यो ढुङ्गाको आकृति मानवनिर्मित नभइ प्राकृतिक रुपमै बनेको स्थानीयको भनाइ छ । तस्बिर: दाने बोहरा/रासस

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम
गोरखा, २६ वैशाख (रासस) : गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । गोरखा

नगरप्रमुख कृष्णबहादुर रानामगरले महिला उद्यमी सङ्घ र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिनुभयो । “अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम हो”, उहाँले भन्नुभयो, “यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएका छन् ।”

तालिमका क्रममा निर्माण गर्ने मूर्ति विभिन्न कार्यक्रममा मायाको चिनोका रूपमा अतिथिलाई दिनका लागि समेत प्रयोग हुने उहाँको भनाइ छ । “गोरखा भन्नेबित्तिकै नेपाल एकीकरणको उद्गम थलो र तत्कालीन पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँका रूपमा विश्वभर परिचित ऐतिहासिक जिल्ला हो”, नगरप्रमुख रानामगरले भन्नुभयो, “त्यसैले पनि गोरखा आउँदा गोरखाको इतिहासलाई सम्झाउने मायाको चिनो लैजान धेरैजसो लालायित हुने भएकाले पनि तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सके प्रभावकारी हुनेछ ।”

यस्ता खालका सीपमूलक तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत व्यक्तिलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले नगरपालिकाले सीपमूलक तालिममा जोड दिँदै आएको उहाँले बताउनुभयो । तालिममा सहभागीलाई मूर्ति बनाउने, मूर्तिका लागि आवश्यक पर्ने फ्रेम बनाउने साथै ऐन र फोटो फ्रेम बनाउनसमेत सिकाइने तालिमको प्रशिक्षकका रूपमा योगेन्द्र गुरुङले बताउनुभयो । तालिममा प्रशिक्षक योगेन्द्र गुरुङ र शारदा खत्रीले सहभागीलाई तालिम प्रदान गरिरहनुभएको छ ।

महिला उद्यमी सङ्घ नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा एकमहिने मूर्ति बनाउने तालिम सोमबारबाट सुरु भएको हो । नगरपालिकाले तालिम सहभागीका लागि आवश्यक सामग्री खरिद लागि रु तीन लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सोमबारदेखि सुरु भएको तालिम आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिमको एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर (सपना पुन)ले शुभारम्भ गर्नुभएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।